पहिलीको जन्मदिनमा दोस्रीबाट पुत्रलाभ -राजन घिमिरे

पहिलीको जन्मदिनमा दोस्रीबाट पुत्रलाभ -राजन घिमिरे


झ्याइँझ्याइँ बाजा बजाएर भित्र्याएकी श्रीमती र उनीबाट जन्मिएको आफ्नो छोरोको बिल्लीबाठ पार्दै अर्काले छाडेकी सञ्चितासँग विवाह गरेर उसैसँग रमाएका निखिल उप्रेती आइतबार राति नर्भिक अस्पतालमा निकै दङ्ग थिए । आफ्नी जेठी श्रीमती र छोरोलाई समय दिन उनीसँग थिएन तर सञ्चितालाई सुत्केरी हुने दिन डाक्टरले भदौ ४ गते दिएपछि त्यसै दिन बिहान मुर्म्बईबाट उनी काठमाडौं आएका थिए ।
सिनेमाको पर्दामा जस्तै दोहोरो भूमिका निभाउँदै आएका र जेठी श्रीमतीसँग पनि खुलस्त भन्न नसक्ने तर सञ्चितालाई छाड्न पनि नसकेका निखिलको प्रवृत्ति आइतबार पटाक्षेप भएको छ । आइतबार राति कृष्णअष्टमीका दिन सञ्चितताले जन्माइदिएको पुत्रलाई श्रीकृष्ण सम्भिएका निखिलले आफ्नो पहिलो सन्तानलाई अनुहारसमेत देखाएनन् । जीवनमा ठूलो भएपछि निखिल उप्रेतीको छोरो भनेर गर्व गर्न सक्ने हैसियतबाट पनि निखिलले पहिलो सन्तानलाई वञ्चित पार्न खोजेकोजस्तो देखिन्छ । मुर्म्बईबाट सुटुक्क नेपाल आउने अनि सञ्चितासँग भेट्ने र बारम्बार उनलाई चेकअप गराउनेदेखि हेरचाहका लागि रकमसमेत छाड्दै हिँड्ने निखिलको व्यवहारबाट उनकी पहिली पत्नी अनविज्ञ नै थिइन् ।
कुनै समय सञ्चिता आकाश शाहसँग भागेर रातारात पोखरा जाँदा निखिलले नै सम्झाएका थिए भने सञ्चिता र आकाशको विवाहमा निखिल अतिथि पनि भएका थिए । तर, अहिले आकाशले छाडेपछि निखिलकी पत्नी हुन पुगेकी सञ्तिताले बच्चा पाएर कुनै गरि्वलो काम भने गरेकी छैनन् । पाँच वर्ष लामो प्रेमलाई समेत लत्याउने सञ्चिताले निखिललाई जीवनभर साथ देलिन् भन्ने कुरामा चलचित्रकर्मीहरू विश्वास गर्न मान्दैनन् । करिब पाँच महिनाअघि नै सञ्चितालाई डाक्टरले भदौ ४ गते आइतबारको समय दिएका थिए । यो समय थाहा पाएका निखिल शनिबार ३ गते मुर्म्बईबाट नेपाल आए । ३ गतेदेखि नै सञ्चिताको हेरचाहमा लागेका निखिल ४ गते दिउँसोभरि नर्भिकमा नै थिए भने उनले मिडियासमक्ष पनि केही बोलेनन् । संयोग पनि के मिलेको थियो भने भने त्यसै दिन निखिलकी पहिलो धर्मपत्नी कोपिलाको जन्मदिन परेको थियो । आफ्नो जन्मदिनमा सहभागी हुन निखिल मुर्म्बईबाट काठमाडौं आएको ठानेर खुसी भएकी कोपिला त्यतिबेला झसङ्ग भइन् जब डाक्टरले सञ्चितालाई ४ गतेको डेट दिएको कुरा उनले थाहा पाइन् ।
यसरी सिनेमाको पर्दामा जस्तै दोहोरो भूमिका खेल्ने निखिल अनि पर्दाको कथाजस्तै लाग्ने यिनीहरूको वास्तविक जीवन यतिबेला अर्को कुराले पनि रोचक बन्न पुगेको छ । अर्को कथाका पात्र हुन आकाश शाह । आफ्नी पहिली श्रीमान्लाई त्यागेर निखिलसँग नजिकिएकी सञ्चिताले सन्तान पाएको कुरा पनि सञ्चिताका पहिलो श्रीमान् आकाशले थाहा पाएका छन् सोमबार ।
मुर्म्बईमा ‘स्ट्रगल’ गर्दै गरेका आकाश यतिबेला काठमाडौं आएका छन् । उनलाई निर्माता सुशील पोखरेलले आफ्नो नयाँ चलचित्रमा अभिनय पनि गराउँदै छन् । यो सेरोफेरोमा घुमेको यो पारिवारिक वास्तविक कथामा खलनायिका भएर उभिएकी सञ्चिता र उनकै पछि लागेर आफ्नो बसेको परिवार नाम, इज्जत अनि उचाइलाई आँखा चिम्लिएर बिर्से निखिल उप्रेतीबाट नेपाली सिनेमाले गरेको आश अहिले चकनाचुर भएको छ । उनको अन्तर्वार्ता र अभिव्यक्तिबाट निखिलका फ्यान भएकाहरूको मन अहिले कुँडिएको छ- निखिलप्रति । जुन स्थान, नाम, सम्मान र इज्जत पाउनका लागि मानिस मरिमेट्छन् त्यहीँ पुगेपछि किन निखिलले लत छाडे ? सबै अनविज्ञ छन् । भन्नेहरू भन्न थालेका छन् कि सुखमय परिवारलाई लत्याएर अर्काले छाडेकी केटीसँग के निखिलले सुखद जीवन बिताउन सक्लान् ? हामी यति मात्र भन्न सक्छौँ ।

फुर्सदमा घिमिरे
केही दिनअगाडि एउटी सञ्चारकर्मीका दुई कृतिहरू लोकार्पण समारोह कार्यक्रममा आएकी अतिथि नायिका ऋचा घिमिरे कार्यक्रम सुरुवातको केहीबेरमै कार्यक्रम स्थलबाट ‘व्यस्त छु’ भन्दै बाहिरिइन् । कारण के थियो भने उनी अति नै व्यस्त रे ! उनीजस्तै निकै नै व्यस्त देखिन्थे निर्देशक रमेश बुढाथोकी पनि । कार्यक्रममा कलाकार जति व्यस्त देखिए पनि, साहित्यकर्मीहरू भने निकै नै फर्ुसदमा थिए । अचम्म तर कार्यक्रममै आएका सफल चलचित्र निर्देशक तुलसी घिमिरेलाई भने पटक्कै हतार थिएन भन्ने अनुमान जोसुकै पनि लगाउन सक्थ्यो ।
घिमिरेले साहित्यकर्मीहरूबाट हाम्रै समाजका पात्रहरूको कथा सिर्जना हुनसके र त्यसलाई चलचित्रका रूपमा निर्माण गर्न सके सफल भइने तर्क गर्दै कार्यक्रममा घन्टौँ समय खर्चेका थिए । हुन त नायिका ऋचा घिमिरेमा नेपाली साहित्य, कला र संस्कृतिका बारेमा विशेष ज्ञानको कमी भएको मान्न सकिन्छ । नेपाली कलाकार जतिसुकै व्यस्त छु भने पनि चलचित्रहरूको स्तर माथि उठ्न सकेका छैनन् । किन सफल चलचित्र निर्देशक घिमिरेलाई हतार भएन ? यसैको ज्वलन्त उदाहरण बन्न पुग्यो सञ्चारकर्मी सुविसुधाको एल्बम तथा पुस्तक लोकार्पण कार्यक्रम । शुभकामना मन्तव्य दिन पुगेकी नायिका ऋचाले कथाहरूका बारेमा बोल्दा त झन् सबैजना अचम्ममा परे । कार्यक्रममा उनी आफ्नो मन्तव्य सक्नासाथ बाहिरिइन् जसरी व्यस्ततामै रहेका कलाकार तथा निर्देशक रमेश बुढाथोकी बाहिरिएका थिए । बुढाथोकी सुटिङ स्थलमा सीधै त्यहाँबाट जाँदै थिए । बिहान अबेरसम्म सुत्न मन पराउने नायिका ऋचा पनि सुटिङकै लागि गएकी हुन् त ? सधैं व्यस्त छु भन्ने ऋचाले अब भने यसको जवाफ दिनैपर्ने हुन्छ ।