■ श्याम क्षेत्री, टोकियो
जापानमा एक नेपालीको उपचारका क्रममा निधन भएको छ । बाग्लुङ जिल्ला घर भई रोजगारीका क्रममा जापानमा रहेका ४१ वर्षीय गंगा थापाको आइतबार (२९ भदौ) दिउँसो निधन भएको हो ।
बाग्लुङ गल्कोट नगरपालिका वडा नं ७, मल्म स्थायी घर रहेका थापा विगत १४ वर्षदेखि जापानमा बसोबास गर्दै आएका थिए । थापाको उपचारको क्रममा निधन भएको पारिवारिक श्रोतले बताएको छ । उनी जण्डिस रोगको उपचारका लागि हस्पिटल भर्ना भएका थिए ।
दुई हप्ताअघि उएनोस्थिट रेष्टुरेन्टमा काम गर्दैगर्दा एक्कासी बेहोस् भएपछि सिन्जुकुस्थित हस्पिटल ल्यार्र्इ उनको उपचार भइरहेको थियो ।
जापानको सिन्जुकुमा बस्दै आएका उनको दाहसंस्कार जापानमा नै गरिने भएको छ । मृतक थापाका एक छोरा, एक छोरी र श्रीमती छन् ।
थापाको अन्तिम दाहसंस्कार यही सेप्टेम्बर १८ तारिखका दिन गरिने भएकाले उपस्थितिका लागि सम्पुर्ण जापानवासी दाजुभाइ दिदीबहिनीहरुलाई परिवारजनले आग्रह समेत गरेका छन् ।
प्रतिक्रिया