म एसपी हुँदा पनि ड्रग्सले मेरो छोराको ज्यान लियो

म एसपी हुँदा पनि ड्रग्सले मेरो छोराको ज्यान लियो


नेपालको महोत्तरीमा जन्मनुभएका रोहणीकुमार सिंहको अध्ययन क्षमता विलक्षण थियो । एमए पढ्दापढ्दै उहाँ २० सालमा नेपालको पुलिस इन्स्पेक्टर हुनुभयो । पुलिस इन्स्पेक्टर हुँदै एसपीसम्मको दर्जामा पुग्ने सौभाग्य पाए पनि ड्रग्सले उहाँको जेठो छोराको ज्यान लिन सफल भयो । उहाँ आफ्ना दुई छोरालाई उच्च शिक्षा हासिल गराई आफूले हासिल गर्न नसकेको मुकाममा पुर्‍याउन चाहनुहुन्थ्यो । तर, यसलाई कर्मको फल नै भनौँ वा उहाँको अज्ञानता, उहाँका दुवै छोरा ड्रग्स सेवनकर्ता भएछन् । जेठो छोरा ड्रग्सकै कारणले मृत्यु भएपछि उहाँ टुट्नुभयो र कान्छोलाई बचाउन अनेकौँ प्रयास गर्नुभयो । प्रस्तुत छ उहाँका जीवनमा ड्रग्सले दिएका पीडा सम्बन्ध लिइएको अन्तर्वार्ता ।
० एसपी साव तपाईंका दुवै छोरा कसरी ड्रग्समा परे ? त्यो बताइदिनुहोस् ?
– म प्रहरीमा अधिकृत भएपछि ज्यादाजसो घरबाहिरै हुन थालेँ । काम-काम भन्दैमा दिनहरू बित्थे । मेरो जेठो छोरोको नाम सञ्जय र कान्छोको नाम सिर्द्धार्थ थियो । कान्छो छोराले सानो कक्षामा पढ्दा नै ड्रग्स खान थालेछ । उसले नै दाजु सञ्जयलाई पनि सेवन गर्न सिकाएको रहेछ । त्यतिबेला म स्वयम् प्रहरीमा उच्च अधिकृत भएर पनि मलाई ड्रग्सको समस्या राम्रोसँग थाहा थिएन । मेरो त्यही गल्तीले जेठो छोरो सञ्जयको ज्यानै लियो । प्रहरी अधिकृत भएर पनि मैले छोराछोरीले ड्रग्स लिएको थाहा पाउन नसक्नु दुर्भाग्य सावित भयो ।
० कुन परिस्थितिमा जेठो छोरो सञ्जयको ज्यान गयो ?
– ऊ कान्छोभन्दा धेरै बुद्धिमान थियो । पढ्नमा पनि ज्यादै तेज थियो तर भित्रभित्र उसले ड्रग्स लिन सुरु गरेको रहेछ । त्यो भने मलाई थाहा भएन । मैले उसलाई उच्च शिक्षा दिन अमेरिका पठाएँ । अमेरिकामा गएपछि ऊ क्रमश: हाम्रो सम्पर्कबाट टाढा हुँदै गयो । धेरै वर्षपछि बल्लबल्ल यहाँ बस्छ भन्ने थाहा पाई हामीले उसलाई नेपाल ल्यायौँ । नेपालमा आउँदा उसको हालत पागलजस्तै थियो । उसलाई कसरी बचाउने ? भन्ने पनि मलाई थाहा थिएन । एक रात ऊ सुत्न गयो तर बिहान उठेन । निक्कै घाम ढल्किसकेपछि कोठामा हेर्दा उसको प्राण गइसकेको रहेछन् । अत्यधिक ड्रग्स सेवनका कारण उनको मृत्यु ओभरडोज भएका कारण भएको रहेछ भन्ने पछि मात्र थाहा पाएँ । (आँसु बरर खसाउँदै भन्नुभएको कुरा)
० जेठो छोराको विछोड तपाईंहरूका लागि कति पीडादायी थियो ?
– -आँखाभरि आँसु पार्दै) उसले हामीलाई कहिल्यै बिर्सन नसक्ने चोट दिएर गयो । बुढेसकालमा छोराछोरीले बाबुआमाको सद्गद् गर्दछन् तर हामीले छोराको सद्गद् गर्नुपर्‍यो । वास्तवमै त्यो छोराको मृत्युपछि हामी बूढाबूढी एकप्रकारले भन्ने हो भने मृतसमान हुन थाल्यौँ ।
० तपाईंलाई के कुरामा अहिले पश्चात्ताप हुन्छ ?
– हामीलाई पश्चात्ताप यही कुरामा हुन्छ कि हामीले आफ्नो छोरालाई धेरै पढेको देख्न चाह्यौँ । अङ्ग्रेजी, विज्ञान, हिसाब, विषयमा धेरै अङ्क ल्याएको देख्न चाह्यौँ तर ड्रग्स भन्ने कुरा त छोरालाई पढाउन र बुझाउन नै बिर्सेछौँ । ड्रग्समा परिसकेको छोरालाई चिन्न पनि नसकी उपचार केन्द्रतिर पठाउनु त कता हो कता उल्टो अमेरिका पर्ठाई बेसहारा बनाएछौँ । यिनै कुराहरूले हामीलाई पीडा दिन्छ र पश्चात्तापमा जलाउँछ । निश्चित रूपमा हामी आमाबाबुबाट धेरै गल्ती भएका रहेछन् ।
० अब कान्छो छोराको बारेमा केही बताइदिनुहोस् ?
– कान्छो छोरो सिर्द्धार्थले दाजुभन्दा पहिल्यै ड्रग्स सेवन गर्न सुरु गरेको रहेछ । ऊ दुब्लाउँथ्यो, पढाइमा कम नम्बर ल्याउँथ्यो, उसको व्यवहार बदलिएको थियो, तर यी सब लक्षण देख्दादेख्दै पनि हामी आमाबाबुलाई उसले ड्रग्स लिन्छ भन्ने कुरा अनुमान पनि हुन सकेन । उसलाई हामीले नेपालमा पढ्न नसकेको देखेँ, दक्षिण भारतमा पढ्न पठायौँ । भारतमा गएपछि त ऊ लगभग बेसुरका कुरा गर्न नै भएछ । जेठो छोराको मृत्युपछि भारतबाट कान्छो छोरालाई नेपाल ल्याई नजिकबाट हेरेपछि हामीले बुझ्यौँ कि यी छोरा पनि ड्रग्समा छन् र यिनको पनि दाजुजस्तै गरी मृत्यु हुन सक्छ ।
० कान्छो छोराको पनि मृत्यु हुन सक्छ भन्ने सोचाइ आउँदा तपाईं आमाबाबुलाई कस्तो भयो ?
– जब जेठो छोरो सञ्जयको मृत्यु भयो म तथा मेरी श्रीमती असैह्य पीडामा थियौँ । वास्तवमा यही पीडालाई कम गर्न हामीले कान्छो छोरालाई भारतबाट नेपाल ल्याई आफूसँग राख्ने निर्णय गरेका थियौँ । तर, जब जेठोजस्तै कान्छो पनि ड्रग्सको भयङ्कर समस्यामा परिसकेको हामीले देख्यौँ त्यसपछि हामी आमाबाबु पनि आफूलाई बेसहारा महसुस गर्न थाल्यौँ । अब हामीलाई लाग्न थाल्यो हाम्रा दुवै सन्तान हामीलाई छोडी जाने भए । हरेक रात हामी आमाबाबु कतै कान्छो छोरोले पनि प्राण त्यागेको त छैन भनेर जाँच गर्न बेलाबेलामा उसको कोठामा छिरेर सास लिए-नलिएको यकिन गर्न पुग्थ्यौँ । वास्तवमै हामी धेरै विचलित थियौँ ।
० त्यसपछि कान्छो छोरा बाँचे कि बाँचेनन् ?
– अहिले मेरो कान्छो छोरालाई नार्कोनन् नेपालले बचायो । ऊ ज्युँदो मात्र होइन नैतिक र सामान्य जीवन बाँचिरहेको छ । यदि त्यसबखत नार्कोनन् नेपालजस्तो उपचार केन्द्र नेपालमा भएको भए र मलाई त्यो कुरा थाहा भएको भए शायद मेरो जेठो छोरा पनि साथमा हुन्थ्यो होला तर कान्छोलाई बचाउने क्रममा मैले धेरै दु:ख हण्डर पनि खाएँ ।
० कान्छोलाई बचाउने क्रममा यहाँले भोग्नुभएको दु:ख हन्डर के थिए ?
– जब कान्छो छोराले पनि ड्रग्स लिएको यकिन भयो त्यसपछि हामी वृद्ध आमाबाबुले उसको ज्यान रक्षा गर्ने एकमात्र उद्देश्य राख्न थाल्यौँ तर कसरी ऊ ड्रग्सबाट बाहिरिन सक्छ भन्ने हामीलाई थाहा थिएन । पहिले त हामीले यो समस्याको समाधान साइक्य्राट्रिक डाक्टरबाट होला भन्ने ठानेर नेपालका सबैजसो मानसिक चिकित्सक कहाँ उसलाई लग्यौँ । डाक्टरहरूको औषधिले ऊ झन्झन् असामान्य र पागलजस्तो देखिन थाल्यो । त्यसपछि भारतको अल इन्डिया मेडिकल इन्स्िटच्युट र एपोलो अस्पतालका मानसिक चिकित्सकको सेवा पनि लिइयो तर केही सुधार भएन । वर्षौंसम्म नेपाल-भारत धाउँदा-धाउँदा हामी झन् गरिब भयौँ । एकप्रकारले भन्ने हो भने यो छोरा पनि हामीलाई छोडी जाँदै छन् भनेर हामी मनमनै विश्वास राख्ने हुन पुग्यौँ । हार खाएका हामी वृद्ध आमाबाबु आफ्नै छोराको आतङ्कले सधैं आफ्नै घरमा त्रसित भएर बाच्थ्यौँ तर पनि उसलाई भने बचाउन चाहन्थ्यौँ । एक दिन धेरै वर्षपछि नार्कोनन् नेपालको टेलिभिजनमा आएको कार्यक्रम हेर्नाले हाम्रो जीवनमा नयाँ परिवर्तन आयो ।
० नार्कोनन् नेपालको टेलिभिजनमा के थियो ?
– नार्कोनन् नेपालले ड्रग्सको बारेमा टेलिभिजनबाट ज्ञान दिँदोरहेछ । त्यस संस्थाका प्रमुख पनि पूर्व प्रहरी अधिकृत वसन्त कुँवर हुनुहुँदोरहेछ । टेलिभिजनबाट ड्रग्सको समस्या रोग होइन भन्ने प्रकारको सूचना दिइएको थियो । हामी हार खाएका आमाबाबुले एकपटक नार्कोनन् नेपालको सेवा लिने निर्णय गर्‍यौँ । नार्कोनन् नेपालले मानसिक चिकित्सकले दिएका औषधिहरू त्यसै दिनदेखि रोकी त्यस पद्दतिअनुसार सेवा सुरु गर्‍यो । मानसिक अवस्था असन्तुलनजस्तै भइसकेको मेरो छोराको जीवनमा नयाँँ बिहानी आउन सुरु भयो । हेर्दाहेर्दै ऊ ड्रग्समुक्त मात्र होइन, आफ्नै खुट्टामा उभिएर जीवन बाँच्न सक्ने भएको छ । ड्रग्सको समस्या रोग होइन रहेछ र यसको उपचार औषधिबाट हुन सक्दैन भन्ने कुरा धेरै क्षति गरेपछि मात्रै हामीले बुझ्यौँ ।
० अन्तमा के भन्नुहुन्छ ?
– म यही भन्छु कि म आफैं पुलिसको एसपी भएको र एमएसम्म पढेको बुबाले त ड्रग्स भन्ने बुझेको रहेनछु भने अरू कतिले त पक्कै नबुझेका हुन सक्छन् । ड्रग्समा परेपछि पढाउने, विवाह गर्ने, विदेश पठाउने, व्यवसाय गराउने काम नगरी उपचारमा पठाउनुपर्ने रहेछ । यो कुरा नबुझ्दा मेरो जेठो छोरा सञ्जयको मृत्यु भयो । म चाहन्छु कसैको घरमा मैले गरेकोजस्तो गल्ती गरेर छोराछोरी गुमाउन नपरोस् । ड्रग्सको समस्या लुकाउनतिर नलागी नार्कोनन् नेपालजस्ता साँच्चिकै व्यावसायिक संस्थाको सहयोग लिइहाल्नुपर्ने रहेछ । अहिले म त्यस्ता परिवारहरूलाई नि:शुल्क सल्लाह दिने काम गर्छु जसका छोराछोरी मेराजस्तै दुर्व्यसनमा परेका छन् । यदि तपाईंहरूको परिवारमा पनि ड्रग्सको समस्या छ र मसँग यहाँहरू अनुभव साट्न चाहनुहुन्छ भने तपा ईँहरू मलाई फोन नं.४४८३७६/२०६११९० मा सम्पर्क गर्न सक्नुहुन्छ ।

ड्रग्सबाट बाहिरिन सकिन्छ-नार्कोनन्ले पुनर्जन्म दियो
मेरो नाम कमलजंग राई हो । म करिब १४ वर्ष दुर्व्यसनको दलदलमा परेँ । बुबा ब्रिटिस सेनामा हुनुभएको कारण मेरो जीवनका केही वर्षहरू ब्रुनाई र हङकङमा बिते । ७ कक्षाबाट मैले लागूऔषध सेवन गर्न थालेको थिएँ । लागूऔषधको कुलतमा रहँदा नै म विदेश पुगेँ । विदेश गए पनि मेरो समस्या मसँगै गयो । परिवारले सुघ्रिएला कि भनी मेरो विवाह गरिदिए । संवेदनहीन मजस्तो व्यक्ति श्रीमतीसहित हङकङमा रहे पनि म पारिवारिक जिम्मेवारी पटक्कै लिन्नथेँ । श्रीमतीले महिनाभरि दु:ख गरी कमाएर ल्याएको रकम म घरमा ल्याउनेबित्तिकै लुटिहाल्थेँ । त्यसै दौरानमा हङकङमा मैले एक निर्माण कम्पनीमा राम्रो जागिर पाएँ । मैले डग्स छोड्न सकिनँ र यसैका कारण त्यो जागिर नै मेरो हातबाट गयो । म फुटपाथमा सुत्न थालेँ । झैझगडामा परी मलाई गम्भीर चोटपटक लाग्न थाल्यो । मरणासन्न अवस्थामा पुगेपछि नेपालमा रहेका आमाबाबुले थाहा पाई मलाई हङकङबाट उद्धार गरी नेपाल ल्याएर नार्कोनन् केन्द्रमा राखिदिए र म बाँचेँ । म त्यहाँ केही वर्ष प्रशिक्षक पनि भएँ । हाल म दुर्व्यसनमुक्त भई पुन: हङकङ फर्किएको छु र श्रीमतीसँग सुखद् दाम्पत्यजीवन पनि बिताउँदै छोरीहरूलाई डाक्टर बनाउने उद्देश्य साथ कमाउन र बचत गर्न सक्रिय छु । हङकङमा ड्रग्सको समस्यामा रहेकाहरूलाई पनि मद्दत गर्दै छु । नार्कोनन् नेपालले मलाई पुनर्जन्म मात्र दिएन सफल पनि बनायो ।
www
ड्रग्सबारे थाहा नपाएर कुलतमा फसेँ
मेरो नाम प्रसन्न राणा हो । मैले बैंककबाट कम्प्युटरमा इन्जिनियरिङ पास गरेको हुँ । पेसाले इन्जिनियर भए पनि ड्रग्सकोबारेमा मलाई राम्रो थाहा थिएन । साथीभाइको लहैलहैमा लागेर मैले रक्सीलगायत अन्य लागूऔषध -ड्रग्स)हरू लिन थालेँ । सुरुमा यो वस्तुले मलाई छोड्नै नसक्ने गरी दुर्व्यसनी बनाउँछ भन्ने कुरा मैले कल्पनै गरेको थिइनँ । यद्यपि प्रतिष्ठित वित्तीय संस्थानमा म उच्च अधिकृतको रूपमा काम गर्दथेँ तर ठूलो पद र पैसाले पनि लागूऔषधको कुलत छुटाउन सक्दो रहेनछ । ड्रग्सका कारण मैले आफ्नो अफिस र परिवार दुवैलाई व्यवस्थापन गर्न सकिनँ । लुकाउँदा यो समस्या झन् बल्झिँदो रहेछ । नार्कोनन् नेपालको मद्दत पाएपछि म यो समस्याबाट बाहिर आएको छु ।
www
उपचारमा ढिलाइ भएको भए म रहन्नथेँ
मेरो नाम विवेक बानियाँ हो । मेलै पनि स्कुलेजीवनदेखि नै लागूऔषध लिएको हुँ । आफूभन्दा ठूला कक्षामा अध्ययन गर्ने दाइहरूले चुरोट खाएका र झुन्ड-झुन्डमा बसी गाँजा सेवन गरेको देख्दा मलाई पनि त्यस्तै गर्न मन लाग्दथ्यो । चुरोट खानेहरू मलाई हिरोझैं लाग्ने गर्दथ्यो । जहिले पनि मलाई नकारात्मक चरित्रका विद्यार्थीले आकरि्षत पार्दथे । सानै उमेरमा मैले आफूभन्दा ठूला गाँजा सेवन गर्ने दाइहरूसँग सङ्गत गरेँ र लागूऔषध लिन थालेँ । लागूऔषधको यो समस्याले मलाई प्रहरी कारबाहीमा पार्नेदेखि लिएर श्रमिक भएर खाडी मुलुकहरूमा काम गर्न जानसमेत बाध्य बनायो । जहाँ पठाए पनि मेरो दुर्व्यसनको समस्या समाधान हुन्थेन बरु झन् नयाँनयाँ समस्याहरू मेरो जीवनमा आउने गर्दथे । मेरै कारणले बुबाको मुटुरोगले निधन भयो । जुन उपचार केन्द्रमा राखे पनि म कि भाग्थेँ, कि फर्केर फेरि ड्रग्स सेवन गर्दथेँ । मलाई बाँच्नुरहेछ त्यसैले भगवान्का कृपाले म नार्कोनन् नेपाल आइपुगेँ र दुर्व्यसनरहित जीवन किताउन सफल भएको छु । उपचार केन्द्र जान ढिला गर्न हुनेरहेनछ ।
www
नार्कोनन्ले सामान्य जीवनमा फर्कायो
मेरो नाम अनिमेषसिंह केसी हो । मेरो जन्म काठमाडौंमा भएको थियो । म पनि स्कुलेजीवनदेखि नै दुर्व्यसनमा परेँ । स्कुलका विद्यार्थीलाई दुर्व्यसनमा पार्न सक्रिय रहेका अपराधीहरू हुँदा रहेछन् । यो कुरा केटाकेटीमा मलाई थाहा थिएन । हामीलाई हिसाब पढाइन्थ्यो, अङ्ग्रेजी पढाइन्थ्यो, विज्ञान पढाइन्थ्यो तर ड्रग्स के हो ? भन्नेबारेमा भने सिकाइँदैनथ्यो । त्यसैले मलाई पनि ड्रग्स भन्ने कुरा के हो ? भन्नेबारेमा यकिन साथ थाहा थिएन । गाँजा खाइरहँदा पनि मैले ड्रग्स खाएको छु भन्ने मलाई थाहा हुँदैनथ्यो । बल्लबल्ल जाँचमा पास भई मैले भारत र नेपालबाट ट्राभल टुरिजम विषयमा ग्य्राजुएसन गरेँ तर ड्रग्सले मलाई हरेक क्षेत्रमा असफल नै बनायो । ड्रग्स छोड्न मैले चिकित्सकको सहयोग पनि लिएँ, तर ड्रग्स छुटाउने कुनै औषध हुन सक्दो रहनेछ । झन्डै १२ वर्ष दु:ख, हन्डर र असफलता सहेर अन्तमा नार्कोनन् नेपालको उपचारपश्चात् मैले सामान्य जीवन पाएँ । व्यवस्थित उपचार केन्द्र नै दुर्व्यसनबाट निस्किने एक मात्र उपाए रहेछ ।
-सम्पर्क : (९८०८१३११८)
www
रक्सी पनि ड्रग्स नै रहेछ
मेरो नाम सुदीप ढुङ्गाना हो र मैले एमबीएस (मास्टर इन बिजनेस स्टडी) पास गरेको छु । केटाकेटीदेखि पढ्नमा म ज्यादै तेज थिएँ र अनुशासनमा पनि राम्रो थिएँ । करिब १९ वर्षको हुँदा साथीभाइले मलाई बियर खान उत्प्रेरित गरे । मैले उनीहरूलाई साथ दिन बियर लिन थालेँ । बियर सेवन गरेपछि विवाह, आदि पार्टीमा जाँदा थोरै रक्सी पनि लिन थालेँ । सबैले खाएको देखेर मलाई पनि यो कुरा खराब हो जस्तो लागेन । हेर्दाहेर्दै म नियमितजस्तै रक्सी सेवन गर्न थालेँ । पढाइ पूरा गरेपछि म एक वित्तीय संस्थाको प्रमुख पनि भएँ । त्यसपछि मसँग झन् पैसा हुन थाल्यो र पैसा भएपछि झन् बढी रक्सी सेवन गर्न थालेँ । नजानिँदो तरिकाले म रक्सीप्रति निर्भर हुँदै गइसकेको रहेछु । अब मलाई सुत्न पनि रक्सी चाहिने भयो । अवस्था यस्तो आयो कि हेर्दाहेर्दै म रक्सीको दुर्व्यसनी बनेँ र जागिर पनि छोड्न पुगेँ । यसबीच धेरै क्षति गरेँ । नार्कोनन् नेपालको टेलिभिजन कार्यक्रम हेरेर मैले आफू समस्यामा परिसकेको थाहा पाएँ र आफैं उपचारका लागी नार्कोनन् नेपाल आएँ । अहिले मलाई खुसी लाग्छ कि म छिट्टै उपचार केन्द्र आएछु जसले गर्दा मेरा धेरै थप क्षति हुन पाएनन् । रक्सी सेवनले कतिसम्म दु:ख दिँदोरहेछ भन्ने कुरो मैले बुझँे, त्यसैले अहिलेको जीवन नार्कोनन्कै कर्मचारी भएर अरूलाई रक्सीबाट बाहिर निकाल्न समर्पण गरेको छु । हाल म नार्कोनन्अन्तर्गतको मूलपानीस्थित प्रतिज्ञा उपचार केन्द्रको प्रमुखको रूपमा कार्यरत छु । ड्रग्स छोड्न सकिन्छ ।
रक्सी पनि ड्रग्स हो भन्ने कुरा धेरैलाई थाहा नहुँदा मजस्तै कैयौँ परिवार दु:ख भोग्न बाध्य भएका छन् । मेरो अनुरोध छ- तपा ईँहरूमा ड्रग्स -रक्सीलगायत) को समस्या छ भने नार्कोनन् प्रतिज्ञा मूलपानी आई सल्लाह सहयोग लिनुहोस् ।
-सम्पर्क : (९८४१८२६८८६, ४१५३५७३)
www
हिजो आफैं बिग्रिएँ, आज अरूलाई सुधार्न हिँडेको छु
मेरो नाम पल्लव चालिसे हो र म काठमाडौंमा नै जन्मेको हुँ । भाग्यले सम्पन्न परिवारमा नै मेरो जन्म भएको थियो तर दुर्भाग्यवश सानै उमेरमा रक्सी सेवन गर्ने बानीमा म फसेँ । स्कुल पढ्दा साथीभाइको लहैलहैमा लागेर जाँड-रक्सी सेवन गर्दागर्दै म त्यसकै दुर्व्यसनी बन्न पुगेँ ।
यसलाई दुर्भाग्य नै भनौँ कि पोलियो रोगका कारण मेरो खुट्टा पनि राम्रोसँग टेक्न नमिल्ने भयो । दुर्व्यसन र शारीरिक समस्याहरू आउन थाले । उमेरले म ठूलो सानो हुँदै गएँ तर जिम्मेवारी बहनका हिसाबले म झन् झन् सानो हुँदै गएको थिएँ । यसैबीच म सुघ्रिएला भन्ने ठानेँ, मेरो विवाहपछि दुई केटाकेटी त जन्मिए तर म आफ्ना सन्तानको जिम्मेवारी बिल्कुलै लिन्नथेँ ।
झन्डै बीस वर्ष अनेकौँ दु:ख-हन्डर खाएपश्चात् म नार्कोनन् नेपाल आइपुगेँ । यहाँबाट म केवल ड्रग्स छोड्न मात्र सफल भइनँ बल्की यहीँबाट जागिर पाएर अहिले म जेलमा रहेका नागरिकलाई सुधार गर्ने कार्यक्रममा संलग्न भइरहेको छु । हिजोसम्ममा आफैं अपराधमा संलग्न मजस्ता ड्रग्सका सामु आत्मसमर्पण गरिसकेको व्यक्ति पनि सुघ्रिएर आदर्श जीवन बिताउन सक्दोरहेछ भने तपाईंहरू पनि यस्तो समस्या छ भने नार्कोनन् नेपालको सहयोग लिनुहोला ।
www
नयाँ जीवनका लागि नार्कोनन्लाई धन्यवाद
मेरो नाम एल हुड्डा हो र म एक बंगलादेशमा जन्मिएको अस्ट्रेलियन नागरिक हुँ । म विगत चौध वर्षदेखि ड्रग्सको डरलाग्दो समस्याबाट बाहिर निस्कन नसकी उपचार्रार्थ नार्कोनन् नेपालको सेवा लिन नेपाल आएको थिएँ । नार्कोनन् नेपाल आउनुअघि मैले बंगलादेश, अस्ट्रेलिया, क्यानडा, थाइल्यान्ड र भारतमा उपचार गरिसकेको थिएँ तर म ती उपचार केन्द्रहरूबाट कहिल्यै ड्रग्समुक्त हुन सकिनँ । म उपचार केन्द्रमा रहुन्जेल ड्रग्स लिन्नथेँ र बाहिर गएपछि पुन: सुरु गर्दथेँ किनकि ती उपचार केन्द्रहरूमा रहँदा ड्रग्स छोड्नुपर्छ भन्ने कुरामा नै म कहिल्यै तयार हुन सकिनँ । यसपटकको नार्कोनन् नेपालको उपचार सेवाले वास्तवमै मभित्र नयाँ सोच र क्षमता अभिवृद्धि गरायो । नार्कोनन् कोर्स वास्तवमै ड्रग्स छोड्ने क्षमता बढाउन ज्यादै प्रभावकारी रहेछ । नेपालको प्रकृति, वातावरण, नार्कोनन् नेपालको व्यवस्थापन र यहाँका सहयोगी कर्मचारीहरूको सेवा म कहिल्यै बिर्सन सक्ने छैन । म नेपालबाट नयाँ जीवन लिएर आफ्नी आमाको साथ बस्न जाँदै छु । ड्रग्सले झन्डै १४ वर्ष मलाई भावनात्मक रूपले मेरा आमाबाट टाढा राख्यो । अब म आमासँग साथ रहन चाहन्छु । मैले विगतमा परिवारलाई दिएको दु:खको भर्पाई गर्न चाहन्छु साथै बाँकी जीवन म नैतिक उत्पादक स्थिर र ड्रग्समुक्त भएर बाँच्न चाहन्छु । भविष्यमा म अरूलाई पनि ड्रग्सबाट जोगाउन सहयोग गर्नेछु । मृत्युसँग आत्मा समर्पण गरिसकेको मजस्तो व्यक्तिले नेपालबाट ड्रग्समुक्त भई नयाँ जीवन लिएर आफ्नो देश फर्कंदै छु । यो मेरो नयाँ जीवनका लागि नेपाल, नेपाली नागरिक तथा नार्कोनन् नेपाललाई धन्यवाद प्रदान गर्दै सहयोगका लागि हारि्दक आभार व्यक्त गर्दछु । (अस्ट्रेलिया)