नेपाली चलचित्रमा देउसी-भैली-राजन घिमिरे

नेपाली चलचित्रमा देउसी-भैली-राजन घिमिरे


‘दियो बाली साँझको
फूल सजाई पूजाको
माता लक्ष्मी बसिदेऊ आज
घर-संसार सानो हाम्रो…’
नेपाली चलचित्र उद्योगको इतिहासमा दोस्रो रजतजयन्ती मनाउन सफल भएको चलचित्र ‘चिनो’ को गीत हो यो चलचित्र चिनोलाई तुलसी घिमिरेले निर्देशन गरेका हुन् भने यो गीत पनि उनी आफैंले लेखेका हुन् । रञ्जित गजमेरको संगीत रहेको चलचित्र चिनोको तिहारसम्बन्धी यो गीत दशौँ वर्ष बितिसक्दा पनि उत्तिकै सान्दरि्भक छ । जब-जब तिहार आउँछ तब-तब यो गीतको सान्दरि्भकता झल्किने गरेको छ भने मिडियाहरूमा घन्किहाल्छ यो गीत । भनौँ, तिहारसम्बन्धी राष्ट्रिय गीत नै बनिसकेको छ यो गीत ।
नेपाली चलचित्रहरूमा विभिन्न भाषा, संस्कृति, रीतिरिवाज र चाडपर्वका प्रसङ्गहरू समेटिने गरेका छन् । यसै प्रसङ्गमा कुरा गर्दा यसपटक नेपाली चलचित्रहरूमा समेटिएका तिहारसम्बन्धी गीत-सङ्गीतलाई यहाँ प्रस्तुत गर्न खोजिएको छ ।
‘निधारमा लगाएर सप्तरङ्गी टीका
हिँडिरहु सधैं तिमी शिखरको बाटो
ओखरमा फोडिदिन्छु
बाधाहरू मैले
झुल्किरहु सधैं तिमी
घामभन्दा पहिले….’
चलचित्र विजय पराजयको गीत हो यो । राजेन्द्र शलभको निर्देशन रहेको चलचित्रको यो गीतमा दुई दाजु र एक बहिनीबीचको भाइटीकाको प्रसङ्गलाई छायाङ्कन गरिएको छ । पर्दामा देखिएका छन् दुई नायक भुवन केसी र कृष्ण मल्ल अनि यी दुई नायकको एक बहिनीको भूमिकामा देखापरेकी छिन् नायिका रूपा राना ।
प्रस्तुत गीतमा दाजु र बहिनीबीचको आत्मियतालाई देखाउन खोजिएको छ । सप्तरङ्गी टीका र ओखर फोडेर बहिनीले बाधाहरू पन्छाएको कुरालाई गीतमार्फत निकै मार्मिक तरिकाले छायाङ्कन गरिएको छ ।
नेपाली चलचित्रमा तिहारसम्बन्धी गीत/सङ्गीतको हुँदा गर्दा अर्को लोकप्रिय गीत हो शम्भुजित बास्कोटाको सङ्गीत रहेको चलचित्र र्स्वर्गको यो गीत
‘तिहारै आयो, लौ झिलिमिली
सुन हजुर भैलिनी आइन् आँगन
मनको ढोका उघारी हेर
भैलिनी आइन् आँगन…’
शम्भु प्रधानले निर्देशन गरेको यो चलचित्र गीतजस्तै अत्यधिक सफल चलचित्रको कोटिमा पर्छ ।
गौरी मल्लले नायक शिव श्रेष्ठको घरमा आएर भैलिनी खेल्ने र त्यसै दृश्यबाट गौरी र शिवको चिनजान भएपछि प्रेम-प्रसङ्ग अगाडि बढ्छ । नायक र नायिकाबीचको सम्बन्धलाई मजबुत बनाउने प्रसङ्गमा राखिएको चलचित्र ‘र्स्वर्ग’को यो गीतको लोकप्रियता अनि चर्चा आज पनि ताजै र उच्च रहेको छ ।
माथि उल्लेखित चलचित्रहरूले तिहारको केही प्रसङ्ग या गीत-सङ्गीतलाई मात्र थोरै रूपमा स्थान दिइएको पाइएको भए तापनि नेपाली सिनेमा उद्योगमा पूरै प्रसङ्ग मात्र होइन चलचित्रको नाम पनि ‘भाइटीका’ नै राखेर चलचित्र पनि निर्माण गरिएको छ । कान्छी र सन्तानजस्ता उच्चकोटिको सिनेमा निर्माण गरेका निर्माता स्वर्गीय भगवानलाल श्रेष्ठले चलचित्र निर्माण गरेका थिए ‘भाइटीका’ । यो चलचित्रको नाम मात्र भाइटीका थिएन, सिनेमाले उठाएको र देखाएको विषय पनि भाइटीकासम्बन्धी नै थियो । यो चलचित्रलाई विजय थापाले निर्देशन गरेका थिए भने भाइ बनेका थिए प्रफुल्लजंग राणा र दिदी बनेकी थिइन् झरना बज्राचार्य । हरसमय दिदी र भाइबीचको सम्बन्ध चिसो भए तापनि भाइटीकाको दिन आएर यो सम्बन्ध सुध्रन पुग्छ । यसरी यो चलचित्रमा तिहार अनि भाइटीकाको गरिमा र महत्त्वलाई निकै महत्त्वका साथ प्रस्तुत गरिएको छ ।
यी त भए पुराना चलचित्रहरूमा समावेश गरिएका तिहारसम्बन्धी गीत र प्रसङ्गका कुरा । हालै आएर एउटा नयाँ चलचित्रमा पनि भैलीसम्बन्धी गीत राखिएको छ । मङ्सिर १६ गतेदेखि पर््रदर्शनमा आउने त्यो चलचित्र हो परि्खराख है…। बाबुराम ढकालको निर्देशन रहेको यो चलचित्रको एक दृश्यमा अतिथि कलाकारको भूमिका निभाएकी मिथिला शर्मा सिनेमाका दुई नायक दिल श्रेष्ठ र मुकेश ढकालको साथमा दुई नायिका मेलिना मानन्धर र सञ्चिता लुइँटेलको घरमा गरेर भैली खेल्ने प्रसङ्गमा राखिएको छ, ‘हामीले चलचित्रमा तिहारसम्बन्धी गीत राख्नुपर्छ भन्ने सोचले मात्र जबर्जस्ती गीत राखेका छैनौँ । सिनेमाको कथासँग मेल खानेगरी यो गीत राखिएकोले कहिले पनि गीत पुरानो नहुने दाबी हामी गर्न सक्छौं,’ चलचित्र परि्खराख हैका निर्माता एवम् नायक दिल श्रेष्ठले भने ।
मलाई मन पर्‍योका गीत सार्वजनिक
रमेशजंग रायमाझीको निर्माण रहेको चलचित्र ‘मलाई मन पर्‍यो’को गीत सार्वजनिक गरिएको छ । काठमाडौंमा आइतबार आयोजित एक कार्यक्रमबीच दुई बालिकाले यो चलचित्रको गीत सार्वजनिक गरे ।
मङ्सिर २ गतेदेखि देशभरका हलहरूबाट एकसाथ पर््रदर्शनमा आउने यो चलचित्रलाई भद्र भुजेलले निर्देशन गरेका हुन् । लामो समयदेखि थुप्रै सिनेमामा सहायक निर्देशकको काम गर्दै आएका भुजेलले एकल निर्देशन गरेको मलाई मन पर्‍यो पहिलो चलचित्र हो । यो चलचित्रमा पाँचवटा गीत छन् भने चलचित्र दुई घण्टा १६ मिनेटको छ । शम्भुजित बास्कोटाले सङ्गीत भरेको यो चलचित्रमा निरुता सिंह, राजबल्लभ कोइराला र जीवन लुइँटेललगायतका कलाकारको अभिनय रहेको छ ।

नम्रता पनि रंगमञ्चमा
मोडलिङ र चलचित्र क्षेत्रमा आफ्नो दह्रो उपस्थिति जनाइसकेकी नम्रता श्रेष्ठको अहिले त्यो क्षेत्रमा उपस्थिति प्रायः शून्य छ ।
आपत्तिजनक भिडियो सार्वजनिक भएपछि नम्रताको क्रेज र कलारिता क्षेत्रमा असर परेको थियो । सर्वाधिक पारिश्रमिक लिने नायिकामा परिसकेको थिइन् उनी तर, आज नम्रतालाई आफ्नो सिनेमामा लिन कोही तयार देखिँदैनन् । म्युजिक भिडियो र चलचित्र क्षेत्रमा निष्त्रिmय देखिए तापनि अब नम्रता नयाँ सोच र उद्देश्यका साथ अगाडि बढ्ने योजनामा छिन् । जानकारीमा आएअनुसार नम्रता श्रेष्ठ रंगमञ्चको कलाकार हुने भएकी छिन् अब ।
डिसेम्बर २ देखि सुरु हुने अङ्ग्रेजी नाटक ‘आलियाना’मार्फत रंगमञ्चमा उत्रने तयारीमा रहेकी छिन् नम्रता श्रेष्ठ । विदेशी महिला नाट्य निर्देशक डेब्राले निर्देशन गर्ने उक्त नाटकको यतिबेला रिहर्सल भइरहेको छ । अभिनेता अनुप बराल, अभिनेत्री दिया मास्के, शान्ति गिरी र नम्रतालाई ‘आलियाना’मा प्रमुख भूमिकामा देख्न पाइनेछ । डेब्राले नेपालमा थियटर खोलेर नाटक निर्देशन गर्न थालेकी हुन् ।
एक प्रोफेसर र तीन युवती विद्यार्थीबारे यो नाटक आधारित रहेको छ । प्रोफेसेरको भूमिकामा अनुप बराल देखिएका छन् भने तीन युवती विद्यार्थीको भूमिकामा भने नम्रता, दिया र शान्तिको अभिनय हेर्न पाइनेछ ।