विकास रौनियार, धादिङ
कोभिड–१९ संक्रमण जोखिम कम गर्न सरकारले जारी गरेको लकडाउनको करिव दुई महिना पूरा हुँदैछ ।
कोरोनासंक्रमित दुई जनाको मृत्यु भएसँगै सरकारले पनि लकडाउनलाई केही कडा बनाएको छ । यसका लागि पृथ्वी राजमार्गमा तैनाथ प्रहरीले पनि कडाइसाथ सवारीसाधनको जाँच गरिरहेका छन् । बिना काम सडकमा हिँड्ने सर्वसाधारणलाई प्रहरीले नियन्त्रणमा लिई कारबाही गरिरहेको छ ।
गत चैत ११ बाट जारी लकडाउनको ५७औं दिनमा (६ जेठ) आइपुग्दा औषधि, तरकारी तथा फलफूल र खाद्यान्नका केही पसलहरू खुलेका छन् । पृथ्वी राजरामार्गमा अत्यावश्यक र खाद्यान्न बोकेका सवारीसाधन मात्र सञ्चालनमा आएका छन् । सवारी पास नभएका साधनलाई भने प्रहरीले नियन्त्रणमा लिएर कारबाही गर्न थालेको छ ।
गुडेका सवारी साधनमाथि प्रहरीले विशेष निगरानी बढाएको छ ।
हेरौँ पृथ्वी राजमार्गमा देखिएका सवारी जाँचका केही दृष्य–
प्रतिक्रिया