कोरोना भाइरसबाट विश्वमा तीन लाख ८३ हजारभन्दा बढीको मृत्यु

कोरोना भाइरसबाट विश्वमा तीन लाख ८३ हजारभन्दा बढीको मृत्यु


कोरोना भाइरस (कोभिड–१९)बाट विश्वभर मृत्यु हुने व्यक्तिको सङ्ख्या तीन लाख ८३ हजार ७२ पुगेको छ भने, सङ्क्रमितको सङ्ख्या ६४ लाख ८२ हजार ६९५ पुगेको विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) ले जानकारी दिएको छ ।

नेपाली समयानुसार बुधबार (३ जुन) साँझसम्ममा कोरोना भाइरसको कारण बिरामी भएकामध्ये ३० लाख ८९ हजार १०१ जना निको भएका जनाइएको छ ।

हालसम्म कोरोना भाइरस सङ्क्रमित ५४ हजार ४९३ जनाको अवस्था गम्भीर रहेको छ । चीनको हुबे प्रान्तको उहान शहरबाट गत वर्षको डिसेम्बरको अन्त्यबाट शुरु भएको कोरोना भाइरस सङ्क्रमणको कारण अमेरिकालाई अत्यन्त प्रभावित पारेको छ ।

डब्लुएचओका अनुसार संयुक्त राज्य अमेरिकामा मात्र १८ लाख ८१ हजार ४८२ जनामा कोरोना भाइरस सङ्क्रमण रहेको छ । यस प्रकोपको कारण अमेरिकामा एक लाख आठ हजार ८३ व्यक्तिको मृत्यु भएको छ ।

दक्षिणमा अमेरिकामा नौ लाख ४७ हजार ७५९ जना कोरोना भाइरस सङ्क्रमति रहेका छन् । यहाँ ४२ हजार ७२२ को मृत्यु भएको छ ।

युरोपमा २० लाख २४ हजार १४ जना कोरोना भाइरस सङ्क्रमित रहेका छन् भने, एक लाख ७५ हजार ८७३को मृत्यु भएको छ ।

एसियामा १२ लाख १५ हजार १६२ जनामा कोरोना भाइरस सङ्क्रमण रहेको छ भने, ३२ हजार १३९ जनाको मृत्यु भएको छ ।

भारतमा पनि कोरानाका कारण मृत्यु हुनेको संख्या ६ हजार नाघिसकेको छ भने २ लाख १६ जारभन्दा बढि सङ्क्रमित छन् ।