कोरोना भाइरस (कोभिड १९) बाट विश्वभर मृत्यु हुने व्यक्तिको संख्या ३ लाख ९८ हजार २६० पुगेको छ भने, संक्रमितको संख्या ६८ लाख ५१ हजार ७१७ पुगेको विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) आफ्नो दैनिक विज्ञप्तिमा जानकारी दिएको छ ।
शनिबार (६ जुन) सम्म कोरोना भाइरसको कारण बिरामी भएका ३३ लाख ५१ हजार ४०६ जना निको भएका छन्. । हाल विश्वभरीमा कोरोना भाइरस संक्रमित ३१ लाख २ हजार ५१ व्यक्ति उपचाररत रहेका छन् भने संक्रमितहरूमा ५३ हजार ६१८ जनाको अवस्था गम्भीर रहेको जनाइएको छ ।
डब्लुएचओका अनुसार संयुक्त राज्य अमेरिकामा मात्र १९ लाख ६५ हजार ९१२ जनामा कोरोना भाइरस संक्रमण रहेको छ । यस प्रकोपको कारण अमेरिकामा १ लाख ११ हजार ३९४ व्यक्तिको मृत्यु भएको छ ।
दक्षिणमा अमेरिकामा १० लाख ७२ हजार ७९२ जना कोरोना भाइरस संक्रमति रहेका छन् । यहाँ ४७ हजार ४६३ जनाको मृत्यु भएको छ ।
उत्तर अमेरिकामा २२ लाख २९ हजार १७६ जना कोरोना भाइरस संक्रमति रहेका छन् । यहाँ १ लाख ३३ हजार ९७२ जनाको मृत्यु भएको छ ।
युरोपमा २० लाख ६२ हजार १६२ जना कोरोना भाइरस संक्रमित रहेका छन् भने, १ लाख ७७ हजार ९६० को मृत्यु भएको छ ।
एसियामा १२ लाख ९८ हजार ६६७ जनामा कोरोना भाइरस संक्रमण रहेको छ भने, ३३ हजार ७८४ जनाको मृत्यु भएको छ ।
अफ्रिकामा १ लाख ७९ हजार ३३७ जनामा कोरोना भाइरस संक्रमण रहेको छ भने, ४ हजार ९४२ जनाको मृत्यु भएको छ ।
ओसियाना ८ हजार ८६५ जनामा कोरोना भाइरस संक्रमण रहेको छ भने, १२४ जनाको मृत्यु भएको छ ।
संक्रमणमा भारत इटली भन्दा अगाडि, दिनमा झण्डै दश हजार संक्रमित
कोभिड–१९ संक्रमणमा भारतले इटलीलाई पनि जितेको छ । विश्वमै धेरै संक्रमित भएका देशहरूको सूचीमा छैठौँ अग्रपंक्तिमा रहेको इटलीलाई उछिनेर अहिले भारत छैटौ अग्रपंक्तिमा पुगेको हो ।
भारतमा अहिले कुल संक्रमितको संख्या २ लाख ३६ हजार ६५७ पुगेको अधिकारीहरूले जनाएका छन् । इटलीमा भने अहिलेसम्म दुई लाख ३४ हजार ५३१ जना कोरोना भाइरस संक्रमित रहेका छन् ।
कोरोनाका कारण मृत्यु भएकाहरूको संख्या भने भारतमाभन्दा इटलीमा अत्यधिक धेरै रहेको छ । भारतमा अहिलेसम्म ६ हजार ६४२ को मृत्यु भएको छ भने इटलीमा ३३ हजार ७७४ जनाको कोरोनाका कारण मृत्यु भएको छ ।
पछिल्लो २४ घण्टामा भारतमा ९ हजार ८८७ जना संक्रमित भएका छन् । त्यहाँको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले पछिल्लो २४ घण्टामा भारतमा २९४ जनाको मृत्यु भएको तथ्यांक सार्वजनिक गरेको छ ।
प्रतिक्रिया