आतंककारी संगठन अल कायदाको मालीका प्रमुख अब्लेलमार्क ड्रकदेलको फ्रान्सेली सैनिकको कारबाहीमा परी मृत्यु भएको फ्रान्सका रक्षामन्त्री फ्लोरेन्स पार्लीले जानकारी दिएका छन् ।
आफ्नो ट्वीटर पेजमार्फत सोबारे जानकारी दिँदै पार्लीले मालीमा अब्लेलमार्कले एक्युएमआई नामक आतंककारी संगठन चलाएको र सो संगठन अलकायदासँग आबद्ध रहेको बताए ।
मालीमा सो संगठनले सन् २०१२ देखि नै आतंक मच्चाइ आएको छ । त्यस वर्ष मालीको उत्तरी भूभाग सो संगठनले कब्जा गरेको थियो । पछि उक्त भूभाग फ्रान्सेली सेनाले फिर्ता ल्याएको थियो ।
उक्त आतंककारी संगठनले सन् २००७ देखि उत्तरी अफ्रिका र साहेलमा पनि सशस्त्र लडाकूहरूमार्फत हिंसात्मक आक्रमण गरी आतंक मच्चाउने गरेको एजेन्सीहरुले जनाएका छन् ।
प्रतिक्रिया