अमेरिकामा कामबाट निकालिएर बेरोजगारी भत्ताको दाबी गर्नेहरुको सङ्ख्या १५ लाख पुगेको छ । यसरी बेरोजगारी भत्ता दाबी गर्नेहरुको सङ्ख्या अनेपेक्षित भएको सम्बद्ध अधिकारीहरुले बताएका छन् ।
अहिले पनि धेरै अमेरिकीहरुले जागिर गुमाउने क्रम जारी नै रहेको उनीहरुले जानकारी दिएका एएफपीले सम्प्रेषण गरेको छ । अर्थतन्त्र र बजारमा विस्तारै सुधार हुँदै गए पनि अमेरिकामा रोजगारी गुमाउने क्रम भने नरोकिएको बतायनछ ।
अमेरिकामा अहिले धेरै क्षेत्रमा व्यापारिक गतिविधिहरु आंशिक रुपमा भए पनि सञ्चालन हुँदै आएका छन् । त्यहाँको श्रम विभागले सार्वजनिक गरेको पछिल्लो विवरण अनुसार कामबाट निष्काशित हुनेहरुको सङ्ख्या अहिलेसम्मकै धेरै देखिएको छ ।
विषेश गरेर रेस्टुरेन्ट, खुद्रा व्यापारहरु र साना व्यवसायमा कार्यरतहरु जागिरबाट निष्काशित भएको पाइएको अधिकारीहरुले बताएका छन् । उनीहरुलाई रोजगारदाताले फेरि बोलाउने अपेक्षा गरिए पनि त्यो अनिश्चित छ ।
यसरी रोजगारी गुमाउनेहरुको सङ्ख्या दिनप्रतिदिन बढ्दै गएपछि बेरोजगारी भत्ता दिनु पर्ने बाध्यताले अमेरिकी सरकार थप अफ्ठ्यारोमा परेको छ ।
व्यापार व्यवसाय घट्ने, बेरोजगारी बढ्ने र ठूलो रकम बेरोजगारी भत्ताको रुपमा वितरण गर्नुपर्ने बाध्यताले मुलुककै आर्थिक क्षमतामा असर पर्नसक्ने अनुमान गरिएको छ ।
प्रतिक्रिया