दिल्लीमा विगत दुई दिनपछि तापक्रममा वृद्धि भएको छ । शुक्रबार (१२ जुन) दिल्लीका कतिपय भागको तापक्रम ४२ डिग्री सेल्सियसभन्दा माथि पुगेको भारतीय मौसमविदहरूले जनाएका छन् ।
‘द साफ दार्जुङ अब्जर्भेटरी’ द्वारा उपलब्ध गराएको दिल्लीको प्रतिनिधिमुलक तापक्रम ४१.५ डिग्री सेल्सियस रहेको बताइएको छ ।
त्यस्तै पालाम र पुसास्थित मौसम विज्ञान केन्द्रहरूले दिल्लीको तापक्रम क्रमशः ४२ र ४२.५ डिग्री सेल्सियस रहेको बताएका छन् ।
दिल्लीको आद्रताकोस्तर ४३ र ८० प्रतिशतको बिचमा रहेको जनाइएको छ ।
भारतीय मौसम विभाग, क्षेत्रीय मौसम पूर्वानुमान केन्द्रले दिल्ली र आसपासका क्षेत्रमा आगामी जुन १५ सम्म तातो हावाको लहरहरू बहने हुँदा आवश्यकताबाहेक घरबाहिर ननिस्कन आग्रह गर्दै सूचना जारी गरेको छ ।
प्रतिक्रिया