कोभिड १९ बाट विश्वमा ४ लाख २८ हजार भन्दा बढीको मृत्यु

कोभिड १९ बाट विश्वमा ४ लाख २८ हजार भन्दा बढीको मृत्यु


कोरोना भाइरसबाट विश्वभर मृत्यु हुने व्यक्तिको संख्या ४ लाख २८ हजार ३ सय ४२ पुगेको छ । साथै, यस संक्रमणबाट विश्वभर ७७ लाख ४० हजार ५ सय ५ जना संक्रमित भएका विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)द्वारा आफ्नो दैनिक प्रेस विज्ञप्तिमा जानकारी दिइएको छ ।

नेपाली समयानुसार शनिबारसम्म प्राप्त समाचारअनुसार कोरोना भाइरसका कारण बिरामी भएका ३९ लाख ६६ हजार ५६६ जना निको भएका छन्।। हाल विश्वभरमा कोरोना भाइरस संक्रमित ३३ लाख ४५ हजार ५९७ व्यक्ति उपचाररत रहेका छन् । संक्रमितहरुमा ५३ हजार ८८८ जनाको अवस्था गम्भीर रहेको जनाइएको छ ।

चीनको हुबे प्रान्तको वुहान शहरबाट गत वर्षको डिसेम्बरको अन्त्यबाट शुरु भएको कोरोना भाइरस संक्रमणको कारण अमेरिका सबैभन्दा बढी प्रभावित भएको छ । डब्लुएचओकाअनुसार संयुक्त राज्य अमेरिकामा मात्र २१ लाख १६ हजार ९२२ जनामा कोरोना भाइरसका संक्रमित रहेका छन् । यस प्रकोपका कारण अमेरिकामा १ लाख १६ हजार ८२५ व्यक्तिको मृत्यु भइसकेको बताइएको छ ।

दक्षिण अमेरिकामा १३ लाख ५६ हजार २०८ जना कोरोना भाइरस संक्रमति रहेका छन् । यहाँ ५७ हजार ८७० जनाको मृत्यु भएको छ । उत्तर अमेरिकामा २४ लाख २७ हजार २०७ जना कोरोना भाइरस संक्रमति रहेका छन् । यहाँ १ लाख ४३ हजार ३५५ जनाको मृत्यु भएको छ ।

युरोपमा २१ लाख ७३ हजार ५७८ जना कोरोना भाइरस संक्रमित रहेका छन् भने १ लाख ८२ हजार ६७ को मृत्यु भएको छ । एसियामा १५ लाख ४६ हजार २७७ जनामा कोरोना भाइरस संक्रमण रहेको छ भने, ३८ हजार ८३१ जनाको मृत्यु भएको छ ।

अफ्रिकामा २ लाख २७ हजार ६ सय ९ जनामा कोरोना भाइरस संक्रमण रहेको छ भने ६ हजार ८० जनाको मृत्यु भएको छ । ओसियानामा ८ हजार ९ सय ५ जनामा कोरोना भाइरस संक्रमण रहेको छ भने १२४ जनाको मृत्यु भएको छ ।