डेक्सामिथासोन औषधि प्रयोगमा ल्याउँदै पाकिस्तान

डेक्सामिथासोन औषधि प्रयोगमा ल्याउँदै पाकिस्तान


पाकिस्तानमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या दिनहुँ बढिरहेको पाकिस्तानी स्वास्थ्य मन्त्रालयले जनाएको छ । पछिल्लो चौबिस घण्टामा पाकिस्तानमा ५ हजार ८ सय ३९ जना नयाँ संक्रमित भेटिएका छन् । योसहित पाकिस्तानमा कोरोनाभाइरसबाट संक्रमितको कूल संख्या १ लाख ५४ हजार ७६० पुगेको छ ।

पाकिस्तानमा कोरोनासँग सम्बन्धित मृतकको संख्या २ हजार ९ सय ७५ पुगेको छ भने ५८ हजार ४ सय ३७ जना निको भइ विभिन्न अस्पतालहरुबाट डिस्चार्ज भएका छन् ।

पाकिस्तानको पन्जाब प्रान्तमा सर्वाधिक व्यक्ति अर्थात् ५८ हजार ३२९ जना संक्रमित भएका छन् भने सिन्ध प्रान्तमा ५७ हजार ८६८ जनामा संक्रमण देखिएको बताइएको छ । पाकिस्तानी राष्ट्रिय स्वास्थ्य सेवा विभागका डा. जाफर मिर्जाले पाकिस्तानमा कोविड–१९ को उपचारमा बेलायतमा सफल देखिएको डेक्सामिथासोन औषधि प्रयोग गर्न लागिएको जानकारी दिएका छन् ।