‘अमेरिकी-चिनियाँ अर्थतन्त्रलाई पूर्णतया छुट्टयाउन असम्भव’

‘अमेरिकी-चिनियाँ अर्थतन्त्रलाई पूर्णतया छुट्टयाउन असम्भव’


अमेरिकी तथा चिनियाँ अर्थतन्त्रलाई पूर्णतया छुट्टयाउन असम्भव हुने भन्दै यस्तो कार्यले चीनसँग मात्र नभई विश्वका अन्य मुलुकसँग पनि अमेरिकाको आर्थिक सम्बन्धमा कमी आउने अमेरिकी प्राध्यापकहरूले जनाएका छन् ।

तथाकथित (डिकपलिङ) नीतिले अमेरिकी अर्थतन्त्रलाई कमजोर बनाउने धारणा जर्ज वासिङ्टन विश्वविद्यालयका राजनीति शास्त्र तथा अन्तर्राष्ट्रिय मामिलाविद् प्राध्यापक हेनरी फारेल र जर्जटाउन विश्वविद्यालय एडमण्ड ए. वेल्स स्कूल अफ फरेन सर्भिसका प्राध्यापक अब्राहम न्यूम्यानद्वारा लेखिएको फोली अफ डिकपलिङ चाइना नामक अमेरिकी राजनीतिक पत्रिका ‘फरेन अफियर्स’ एक विश्लेषणात्मक आलेखमा बताएका हुन् ।

आफ्नो लेखमा उनीहरूले भनेका छन्– ‘चीनमाथिको जोखिमपूर्ण आर्थिक निर्भरतालाई हटाउन चिनियाँ अर्थतन्त्रसँगको सम्बन्धलाई अलग गरिने सोचसहितको असावधानीपूर्ण प्रयासले त्यो मुलुकलाई मात्र होइन कि बाँकि विश्वलाई पनि स्वस्थ र महत्वपूर्ण आर्थिक सम्बन्ध बिस्तार गर्ने बाटोलाई बन्द गरिदिन्छ ।’

‘चीनको अर्थतन्त्र विश्वबाट सहजै अलग गर्न सकिने भिन्न जीव होइन बरू सायमिज जुम्ल्याहा हुन जसको सम्बन्ध स्नायु तन्तु, साझा अङ्ग र संयुक्त सञ्चार प्रणालीसँग जोडिएको छ ।’

ती दुई विज्ञहरूले हुवावेमाथिको प्रतिबन्धको उदाहरण दिँदै लेखमा भनेका छन्, ‘हुवावेको पहुँचलाई अमेरिकी प्रविधिमा प्रतिबन्ध लगाइँदा विदेशी कम्पनीहरूले आफ्नो आपूर्ति सञ्जाललाई गैर–अमेरिकी प्रबिधिमा मिल्नेगरी पुनः संरचना गर्न उद्दत ग¥यो ।’

उक्त लृखमा अगाडि भनिएको छ– ‘अमेरिकामा हुवावेको पहुँचलाई अमेरिकी प्रबिधिमा रोक्ने प्रयासको लाभ, जुन रक्षात्मक होस् वा आक्रात्मक जे भए पनि, यसले चिनिँया प्रतिक्रिया सिर्जना गर्न अग्रसर हुन्छ भन्ने कुरा अमेरिकाले महशुस गरिसकेको छ । यस जोखिम कम गर्न असम्भव देखिएको यस पहिल्यै प्रस्ट भइसकेको छ ।’

‘वैदेशिक व्यवसाय तथा मुलुकहरूले अमेरिकाको अर्थतन्त्रसँगको सम्पर्कलाई सीमित राखी जोखिमलाई कम गर्न सक्ने निर्णय गर्न सक्छन् ।’

चीनलाई अमेरिकी नयाँ आविस्कारसँग अलग गर्दा चीनले अमेरिकी आविश्कारलाई पनि आफ्नो प्रणालीबाट बाहिर पार्ने सम्भावना रहन्छ जसका कारण अमेरिकाको अन्य आविस्कार प्रणालीसँगको पहूँचलाई पनि गुमाउने जोखिम अत्यधिक रहन्छ ।