भारतमा एकै दिन १४ हजार ५१६ संक्रमित

भारतमा एकै दिन १४ हजार ५१६ संक्रमित


भारतमा गएको २४ घन्टामा मात्र १४ हजार भन्दा बढी संक्रमित भेटिएका छन् । भारतमा एकै दिन यति धेरै मानिस कोरोना भाइरससंक्रमित भएको यो पहिलो घटना भएको अधिकारीहरुले जानकारी दिएका छन् ।

शनिबार (६ असोज) प्राप्त समाचारमा भारतमा १४ हजार ५ सय १६ जना संक्रमित भेटिएका हुन् । यो सँगै भारतमा संक्रमितको संख्या चार लाखको नजिक पुगेको बताइएको छ ।

भारतको संघीय स्वास्थ्य मन्त्रालयका अनुसार शनिबारसम्म तीन लाख ९६ हजार १८२ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

भारतभरमा भएका ती संक्रमितमध्ये १२ हजार ९ सय ७० व्यक्तिको मृत्यु भएको छ भने निको भएर घर फर्किनेको संख्या दुई लाख १४ हजार २ सय ९ रहेको छ । त्यहाँ एक लाख ६८ हजार २ सय ६९ जना अझै अझै उपचाररत रहेको पनि बताइएको छ ।