कोरोना भाइरस (कोभिड १९) बाट विश्वभर मृत्यु हुने व्यक्तिको संख्या ४ लाख ६३ हजार २ सय ६० पुगेको छ । साथै यस संक्रमणबाट विश्वभर ८७ लाख ९५ हजार ३२ जना संक्रमित भएका विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)द्वारा आफ्नो दैनिक प्रेस विज्ञप्तिमा जानकारी दिइएको छ ।
नेपाली समयानुसार शनिबार साँझसम्म प्राप्त समाचारअनुसार कोरोना भाइरसका कारण बिरामी भएका ४६ लाख ५३ हजार ८२१ जना निको भएका छन् । हाल विश्वभरमा कोरोना भाइरस संक्रमित करिव३६ लाख ७७ हजार ९ सय ५१ व्यक्ति उपचाररत रहेका छन् । संक्रमितहरुमा ५४ हजार ७ सय ९४ जनाको अवस्था गम्भीर रहेको जनाइएको छ ।
डब्लुएचओका अनुसार संयुक्त राज्य अमेरिकामा मात्र २२ लाख ९८ हजार १ सय ८ जना कोरोना भाइरसका संक्रमित रहेका छन् । यस प्रकोपका कारण अमेरिकामा १ लाख २१ हजार ४ सय २४ व्यक्तिको मृत्यु भइसकेको बताइएको छ ।
दक्षिण अमेरिकामा १७ लाख १ हजार १ सय १७ जना कोरोना भाइरस संक्रमति रहेका छन् । यहाँ ६८ हजार ८ सय ३० जनाको मृत्यु भएको छ । उत्तर अमेरिकामा २६ लाख ६० हजार १ सय ५५ जना कोरोना भाइरस संक्रमति रहेका छन् । यहाँ १ लाख ५२ हजार ५ सय ७३ जनाको मृत्यु भएको छ ।
युरोपमा २२ लाख ९३ हजार ४ सय २५ जना कोरोना भाइरस संक्रमित रहेका छन् भने १ लाख ८७ हजार १ सय ५८ को मृत्यु भएको छ । एसियामा १८ लाख ४१ हजार ८४ जनामा कोरोना भाइरस संक्रमण रहेको छ भने, ४६ हजार ८ सय ४१ जनाको मृत्यु भएको छ ।
अफ्रिकामा २ लाख ८९ हजार ४ सय १८ जनामा कोरोना भाइरस संक्रमण रहेको छ भने ७ हजार ७ सय १९ जनाको मृत्यु भएको छ । ओसियानामा ९ हजार ५२ जनामा कोरोना भाइरस संक्रमण रहेको छ भने १ सय २४ जनाको मृत्यु भएको छ ।
प्रतिक्रिया