दुबइले आगामी जुलाई ७ देखि विदेशी पर्यटकहरुका लागि आगमन खुला गर्ने जनाएको छ । दुबइबाट प्रकाशित हुने पत्रिका खालिज टाइम्सले जनाए अनुसार दुबई जाने हरेक विदेशी पर्यटकले हालै परीक्षण गरेको कोरोना भाइरसको नेगेटिभ रिपोर्ट देखाउनुपर्ने शर्त राखिएको छ ।
बताइएअनुसार दुबई पुगेपछि पनि त्यहाँको विमानस्थलमा कोरोना भाइरसको परीक्षणको व्यवस्था गरिएको छ र पर्यटकले त्यहाँ पनि परीक्षण गराउनुपर्ने प्रावधान राखिएको छ । दुबईले यही जुन २२ देखि विदेशमा रहेका आफ्ना नागरिकलाई पनि स्वदेश ओसार्ने नियम बनाएको पनि सो पत्रिकाले जनाएको छ ।
त्यस्तै, आफ्ना नागरिकलाई पनि जुन २३ देखि विदेश भ्रमणका लागि अनुमति दिने नियम दुबईले बनाएको छ । यसरी स्वदेश आएका पर्यटक तथा विदेशी नागरिकहरुले दुबइ सरकारले बनाएका स्वास्थ्यसम्बन्धी मापदण्डहरु पालना गर्नुपर्ने नियम बनाएको समाचारमा जनाइएको छ ।
प्रतिक्रिया