एक सय चार दिनपछि खुल्यो आइफेल टावर

एक सय चार दिनपछि खुल्यो आइफेल टावर


कोरोना भाइरस महामारीका कारण गत मार्चदेखि बन्द रहेको पेरिस (फ्रान्स)स्थित आइफेल टावर १०४ दिनपछि पहिलोपटक बिहीबार (२५ जुन) खोलिएको छ ।

विश्वभरका पर्यटकका लागि आश्चर्य र प्रमुख आकर्षणका रुपमा रहेको आइफेल टावर अझै केही समय पर्यटकका लागि भने खुला गरिने छैन ।

बिहीबार पत्रकार र फ्रान्सेली अधिकारीहरुसहित करिव ५० जनाले सिँढीबाट आइफेल टावरको दोस्रो तलासम्म चढ्ने कार्यक्रम रहे पनि सामाजिक दूरीका नियम पालना गर्नुपर्ने भएका कारण टावरको लिफ्ट भने बन्द गरिने जनाइएको छ ।