कोभिड १९ बाट विश्वभर ४ लाख ८५ हजारको मृत्यु

कोभिड १९ बाट विश्वभर ४ लाख ८५ हजारको मृत्यु


महामारीका रुपमा फैलिएको कोरोना भाइरसका कारण विश्वभर ४ लाख ८५ हजारभन्दा बढी मानिसको मृत्यु भएको विश्व स्वास्थ्य संगठनले जनाएको छ ।
संगठनका अनुसार कोरोनाभाइरसबाट संक्रमित व्यक्तिको संख्या ९५ लाख ४३ हजार पुगिसकेको छ जसमध्ये करिब ५२ लाख मानिस निको भएर डिस्चार्ज भएका छन् । करिव ५८ हजार मानिस अहिले पनि कोरोना भाइरसको संक्रमणबाट निकै जटिल अवस्थामा छन् ।

कतिपय मुलुकमा कोरोनाको जोखिम कम भएर बिस्तारै जनजीवन खुकुलो भए पनि कतिपय अवस्थामा जोखिमलाई बेवास्ता गर्दै मानिसहरु सामाजिक दूरीजस्ता सामान्य नियम समेत तोड्न थालेका छन् ।

विश्व स्वास्थ्य संगठनले कोरोना भाइरसको प्रभाव अझै कायम रहेकाले दोस्रो लहरको चपेटामा पर्न सक्ने भन्दै चेतावनी समेत दिइरहेको छ । खासगरी दक्षिण अमेरिका र भारतजस्ता मुलुकमा दैनिक ठूलो संख्यामा कोरोना संक्रमित देखिने क्रम रोकिएको छैन ।

कोरोनाभाइरसबाट सर्वाधिक असर परेका मुलुकहरु