सन् २०३६ सम्म शक्तिमा रहन पाउने गरी राष्ट्रपति पुटिनलाई जनमत

सन् २०३६ सम्म शक्तिमा रहन पाउने गरी राष्ट्रपति पुटिनलाई जनमत


रुसमा राष्ट्रपति भ्लादिमिर पुटिनको कार्यकाल लम्याउने गरी जनमत आएको छ । झण्डै एक हप्ता लामो मतदानपछि बिहीबार (२५ जुन) सार्वजनिक भएको नतिजाअनुसार राष्ट्रपति पुटिन आगामी सन् २०३६ सम्म शक्तिमै रहन पाउने भएका छन् ।

पुटिनलाई लामो समयसम्म शक्तिमा राख्नेगरी बनाइएको नयाँ संवैधानिक व्यवस्थाको पक्षमा ठूलो मत परेको एपीले जनाएको छ ।

नयाँ मतादेशले संविधान संशोधनको प्रस्तावलाई अनुमोदन गरेकाले रुसको संविधानमा केही संशोधन भएको छ । संविधान संशोधनसम्बन्धी प्रस्ताव राष्ट्रपति पुटिनले गत जनवरीमा ल्याएका हुन् । त्यस प्रस्तावमा अहिले मतदान भएको हो ।

शुरुमा गत अप्रिल २२ मा मतदान गर्ने तय भए पनि कोरोनाभाइरसको सङ्क्रमण फैलिँदै गएपछि गत जुलाई १ का लागि तय गरिएको थियो । तर त्यतिबेला पनि हुन नसकेपछि सरेर अहिले मतदान गरिएको हो ।

मतदानका लागि एक हप्तासम्म मतदान केन्द्रहरु खुल्ला गरिएको थियो भने मतदान गर्ने बेलामा भिडभाड नहुने व्यवस्था गरिएको थियो ।

मतदानबाट अनुमोदन भएको संविधानमा राष्ट्रपति पुटिनलाई थप दुई कार्यकाल शक्तिमै रहने व्यवस्था गरिएको छ । प्रत्येक कार्यकाल ६ वर्षको हुने भएकाले हालको कायृकाल सकिपछि पनि उनले अर्को १२ वर्ष रुसमा शासन गर्ने कानूनी बाटो खुलेको छ ।

राष्ट्रपति पुटिनको अहिलेको कार्यकाल आगामी सन् २०२४ मा सकिने थियो । तर संविधानको नयाँ व्यवस्थाले २०२४ देखि थप ६ वर्षे दुई कार्यकाल थपेकाले उनको कार्यकाल अव सन् २०३६ सम्म सुनिश्चत भएको छ ।

अहिले ६७ बर्षकाखपुटिनले रुसमा गत दुई दशकदेखि शासन गर्दै आएका छन् । रुसी जनताका बीचमा पुटिन अति लोकप्रिय छन् ।