निगर जोहर बनिन् पाकिस्तानी सेनाको पहिलो महिला लेफ्टिनेन्ट जनरल

निगर जोहर बनिन् पाकिस्तानी सेनाको पहिलो महिला लेफ्टिनेन्ट जनरल


मेजर जनरल निगार जोहर पाकिस्तानी सेनाको इतिहासमा लेफ्टिनेंट जनरलको पदमा पुग्ने पहिलो महिला अधिकारी बनेकी छन् ।

पकिस्तानी सेनाको अन्तरसेवा सार्वजनिक सम्बन्ध (आईएसपीआर)लाई उद्धृत गर्दै एआरवाई न्यूजले भनेको छ, ‘मेजर जनरल निगार जोहरलाई लेफ्टिनेन्ट जनरलका रूपमा पदोन्नती गरिएको छ ।’

पाकिस्तानी सेनाको सञ्चार शाखाका अनुसार जोहरले पाकिस्तानी सेनाको पहिलो सर्जन जनरलका रूपमा पनि इतिहास बनाएकी छन् ।

जोहर पाकिस्तानको ख्यवरपाख्तुङ्ख्या राज्य स्वावी जिल्ला, पञ्जपीरका स्थायी वासिन्दा भएको आइएसपीआरले आफ्नो ट्वीटर पेजमा उल्लेख गरेको छ ।

उनी मेजर जेनरलमा सन् २०१७ मा पदोन्नति हुँदा उक्त पदमा पुग्ने तेस्रो महिला बनेकी थिइन् ।