कोरोना भाइरसका कारण बढी प्रभावित यूरोपेली मुलुकहरू फ्रान्स, इटली र स्पेनसहितका ५० मुलुकसँगको अवागमनलाई थप सहज पार्दै त्यहाँबाट इङ्ल्याण्ड प्रवेश गर्ने पर्यटकका लागि यही जुलाई १० देखि क्वारेन्टिनमा बस्नुपर्ने व्यवस्थाको अन्त्य गरेको बेलायत सरकारले जानकारी गराएको छ । तर अमेरिकाका लागि भने यो व्यवस्थालाई निरन्तरता दिइएको जनाइएको छ ।
यद्यपि स्कटल्याण्ड, वेल्स, नर्दन आयरल्याण्डले भने यस विषयमा आफ्नै किसिमले निर्णय गर्ने बेलायतका यातायात मन्त्री ग्र्यान्ट शेप्सलाई उद्धत गर्दै एएफपीले जनाएको छ । विदेशबाट आउने व्यक्तिका लागि दुई हप्तासम्म क्वारेन्टिनमा बस्नुपर्ने जुनमा व्यवस्था गरिएको नीतिलाई परिवर्तन गर्दै ती मुलुकबाट जुलाई १० देखि इङ्ल्याण्ड प्रवेश खुला गरिन लागेको मन्त्री शेप्सको भनाई छ । प्रवेशका लागि खुला गरिएका ५० मुलुकहरूको विवरण शुक्रबार नै उपलब्ध गराइएको छ ।
कोरोना भाइरस महामारीबीच विभिन्न मुलुकबाट आउने पर्यटकलाई ट्राफिक लाइट प्रणाली अन्तर्गत रातो, पहेँलो र हरीयो रङमा विभक्त गरी सोहीअनुसार जोखिम न्यूनिकरणका उपायको अवलम्बन गर्ने बताइएको छ ।
हरियो र पहेँलो रङमा परेका मुलुकबाट इङ्ल्याण्ड आउँदा सेल्फ–आइसोलेसनमा बस्नु नपर्ने भएको छ भने रातोमा पर्नेलाई पूरानै नियम अर्थात् १४ दिनसम्म आइसोलेसनमा बस्नुपर्नेछ ।
इङ्ल्याण्डभन्दा कम प्रभावित मुलुकलाई हरीयो र बढी प्रभावित तर पछिल्लो समय सङ्क्रमण नियन्त्रण उन्मुख रहेका मुलुकलाई पहेलोमा राखिने मन्त्री शेप्सले बताउनुभयो ।
पहेँलोमा पर्ने मुलुकहरूमा फ्रान्स, इटली र स्पेनलगायतलाई विदामा इङ्ल्याण्ड प्रवेशका लागि खुला गरिएको छ । त्यहाँबाट बेलायतमा गर्मीको छुट्टी मनाउन बेलायतका विभिन्न गन्तव्यमा पुग्ने गरेका छन् ।
तर संयुक्त राज्य अमेरिका र ग्रीसजस्ता देशबाट गर्मीको छुट्टी मनाउन बेलायतका विभिन्न गन्तव्यमा पुग्ने गरेका भएपनि ती मुलुकबाट बेलायत जाँदा क्वारेन्टिनमा बस्नुपर्ने बताइएको छ ।
प्रतिक्रिया