अमेरिकामा बेरोजगार भएकामध्ये थप १३ लाखले बेरोजगारी भत्ताको दाबी गरेका छन् ।
बेरोजगारी भत्ताको दाबी गर्दै उनीहरुले अघिल्लो हप्ता फाराम भरेको अमेरिकी अधिकारीहरुले जानकारी दिएका छन् । तर दाबी गर्नेहरुको सङ्ख्या भने घट्दै गएको बताइएको छ ।
अमेरिकी श्रम मन्त्रालयका अधिकारीहरुले कोरोना भाइरसका कारण अमेरिकामा एक करोड ९० लाख मानिस बेरोजगार भएको जनाएका छन् । उनीहरुले यो तथ्याङ्क जुन २७ सम्मको मात्रै भएको जानकारी दिएका छन् ।
अमेरिकामा कोरोनाभाइरसबाट सङ्क्रमितहरुको सङ्ख्यामा कमी आउन सकेको छैन ।
प्रतिक्रिया