पपुवा न्युगिनीमा ६.९ म्याग्नीच्युडको भूकम्प

पपुवा न्युगिनीमा ६.९ म्याग्नीच्युडको भूकम्प


पपुवा न्युगिनीमा शुक्रबार (१७ जुलाई) शक्तिशाली भूकम्प आएको छ । देशको पूर्वी क्षेत्रमा ६.९ म्याग्नीच्युडको भूकम्प आएको त्यहाँका अधिकारीहरुलाई उद्धृत गर्दै एएफपीले जनाएको छ ।

अमेरिकी भूगर्भ विभागले स्थानीय समयानुसार शुक्रबार दिउँसो १२.५० मा भूकम्प आएको जनाएको छ । राजधानीदेखि १५० किलोमिटर टाढा केन्द्रविन्दु रहेको र ८५ किलोमिटर गहिराइबाट कम्पन भएको अधिकारीहरुले जनाएका छन् ।

भूकम्प आएपछि घरभित्र रहेकाहरु दौडिएर घरबाहिर खुल्ला ठाउँमा पुगेको प्रत्यक्षदर्शीहरुले जनाएका छन् । देशका धेरै ठाउँमा भूकम्पको महसुस गरिएको थियो ।अधिकारीहरुले भूकम्पका कारण कुनै मानवीय तथा भौतिक क्षति भएको विवरण प्राप्त नभएको जनाएका छन् ।