‘मध्यपूर्वी देशमा कोरोना भाइरस सङ्क्रमणको अवस्था चिन्ताजनक’

‘मध्यपूर्वी देशमा कोरोना भाइरस सङ्क्रमणको अवस्था चिन्ताजनक’


विश्व स्वास्थ्य संगठनले मध्यपूर्वी देशमा कोरोना भाइरसको सङ्क्रमणको अवस्था अत्यन्तै चिन्ताजनक रुपमा बढ्दै गएको जनाएको छ । विश्व स्वास्थ्य संगठनका निर्देशक अहमद अल मान्धरीले यस्तो बताएका सिन्ह्वाले जनाएको छ ।

मान्धरीले भनेका छन्– ‘केही मध्यपूर्वका राष्ट्रमा पहिलो हप्ताको तुलनामा यस हप्ता कम्तीमा पनि १० प्रतिशतको दरले केश बढिरहेकोले अवको अवस्था आगामी दिनमा झन् खतरा हुँदै जाने देखिएको छ ।’

उनका अनुसार साउदी अरेयिबा, इरान, इराक, पाकिस्तानमा यस्तो बढ्दो अवस्था देखिएको हो ।

ती देशमा मृत्युको दर पनि बढ्दै गएको देखिएको छ । निर्देशक मान्धारीका अनुसार ती देशमा कोरोनाका सङ्क्रमितमध्येका व्यक्तिको मृत्यु दर पनि पहिलो हप्ताको तुलनामा यस हप्ता १३ प्रतिशतले बृद्धि भएको पाइएको छ ।

त्यस क्षेत्रमा गएका केही हप्तायता निको हुने दर पनि स्थिर रहेको देखिन्छ । प्राप्त समाचारमा ती क्षेत्रमा करिब १० लाख सङ्क्रमित निको भएर घर फर्किएका पाइएको छ ।

उनले उल्लिखित देशहरुमा त्यहाँका नागरिकले यस सङ्क्रमणलाई कम आँकलन गरेको पाइएको छ । नागरिकले यसबाट जोगिनुपर्ने स्वास्थ्यका मापदण्ड नअपनाई हेलचक्र्याईँ गरेको पनि पाइएको छ ।

त्यसैगरी यहाँका सरकारले पछिल्ला केही हप्तामा स्वास्थ्य परीक्षणको दायारा पनि घटाएको पाइएको छ ।

स्वास्थ्य परीक्षण गर्ने व्यक्तिको संख्या घटाइएको देखिएको छ । त्यस्तै सरकारले यहाँ धेरै जना मानिसलाई जम्मा हुन नदिने तथा अरु सुरक्षाका मापदण्ड अपनाउने कुरामा पनि सरकारकाले कडाइ नगरेकोले यस्तो अवस्था आएको विश्व स्वास्थ्य संगठनले यसअघि पनि जनाएको थियो ।