बेइजिङमा नयाँ सङ्क्रमित देखिने क्रम रोकियो

बेइजिङमा नयाँ सङ्क्रमित देखिने क्रम रोकियो


चीनको राजधानी बेइजिङमा शनिबार कोरोना भाइरसबाट सङ्क्रमणका कुनै पनि बिरामी नथपिएको जनाइएको छ ।

स्थानीय अधिकारीहरुले आइतबार दिएको जानकारीअनुसार निरन्तर पछिल्ला १३ दिनमा कुनै पनि सङ्क्रमित थपिएका छैनन् ।

“पछिल्लो १३ दिनसम्ममा बेइजिङमा कुनै पनि नयाँ सङ्क्रमित भेटिएका छैनन् भने शनिबार १३ जना सङ्क्रमितहरु सङ्क्रमणमुक्त भएका छन्,” एक अधिकारीलाई उद्धृत गर्दै सिन्ह्वाले जनाएकाो छ ।

यसैबीच चीनमा देशभरी पछिल्लो २४ घण्टामा १६ जना मात्र सङ्क्रमित भेटिएका छन् । तीमध्ये १३ जना आन्तरिकरूपमा सङ्क्रमित हुन् भने अरु अन्य ठाउँबाट आएका सङ्क्रमित हुन् ।

जोन हप्किन्स विश्वविद्यालयले दिएको जानकारीअनुसार विश्वभरी अहिलेसम्म एक करोड ४२ लाख ४१ हजारभन्दाबढी मानिस कोरोना भाइरसबाट सङ्क्रमित भएका छन् ।

त्यसैगरी कोरोनाभाइरसकै कारण विश्वभरी अहिलेसम्म ६ लाख एक हजार ४५५ जनाको मृत्यु भएको पनि विश्वविद्यालयले जनाएको छ ।