डच हेलिकप्टर दुर्घटना, दुई व्यक्तिको मृत्यु

डच हेलिकप्टर दुर्घटना, दुई व्यक्तिको मृत्यु


नेदरल्याण्ड्सको रक्षा मन्त्रालयले क्यारेबियनको आरुबाबाट उडेको एउटा सैनिक हेलिकप्टर समुद्रमा खसेको जनाएको छ । उड्नासाथ भएको उक्त दुर्घटनामा दुई जनाको मृत्यु भएको एएफपीले जनाएको छ ।

मन्त्रालयले उक्त हेलिकप्टर आरुबाबाट आइतबार (१९ जुलाई) अपराह्न छिमेकी द्वीप कुराकाओका लागि उडेको जनाएको छ । आरुबा नेदरल्याण्ड्सको स्वामित्वमा रहेको क्यारेबियन द्वीप हो । डच सेनाका प्रमुख रब बाउरले हेलिकप्टरमा सवार चार जनामध्ये दुई जनाको मृत्यु भएको र दुई जना सकुशल रहेको जानकारी दिए ।

हेलिकप्टर दुर्घटनाको कारण भने अझै खुलेको छैन । डच सैनिकहरुले हेलिकप्टरको ब्लाक बक्स खोजी कार्य शुरु गरेका छन् । सेना प्रमुख बाउरले दुर्घटनाका सम्बन्धमा छानबिन शुरु भइसकेको जनाएका छन् ।