आफ्नो ‘पोजिसन’ कमजोर हुन लागेपछि अमेरिकी राष्ट्रपतीय निर्वाचन पछि सार्न ट्रम्पको आग्रह

आफ्नो ‘पोजिसन’ कमजोर हुन लागेपछि अमेरिकी राष्ट्रपतीय निर्वाचन पछि सार्न ट्रम्पको आग्रह


अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सन् २०२० को अमेरिकी राष्ट्रपतीय निर्वाचन पछि सार्न सुझाव दिएका छन् ।

अमेरिकी राष्ट्रपतीय निर्वाचनका लागि पछिल्ला दिनहरूमा भएका सर्भेक्षणमा ट्रम्पको अवस्था कमजोर देखिँदै गएको परिवेशबीच कोरोनाको महामारीका कारण देखाउँदै उनले यस्तो अवस्थामा मतदानको परिणाम पनि सही आउन नसक्ने तर्क गरेका छन् ।

‘जबसम्म नागरिकले सही तथा सुरक्षितरूपमा मतदान गर्न सक्दैनन् त्यतिञ्जेल निर्वाचनलाई पछि सारियोस्’– अमेरिकी राष्ट्रपति ट्रम्पले ट्वीट्मार्फत आग्रह गरेका छन् ।

उनले अगाडि भनेका छन्– ‘निर्वाचनमा मेलमार्फत गरिने मतदान प्रक्रिया सन् २०२० का अमेरिकी इतिहासमा अत्यन्त गलत र भ्रामक हुनेछ । यो संयुक्त राज्य अमेरिकाका लागि ठूलो अप्ठ्यारोको विषय हुनेछ ।’