चीनको युनानमा सलह नियन्त्रण गर्न ८० हजारभन्दा बढी मानिस परिचालित

चीनको युनानमा सलह नियन्त्रण गर्न ८० हजारभन्दा बढी मानिस परिचालित


चीनको दक्षिण पश्चिम युनान प्रान्तमा सलहले १० हजार ३८९ हेक्टरभन्दा बढी क्षेत्रको बालीनाला सखाप पारेको सिन्ह्वाले जनाएको छ ।

कृषि अनुसन्धान निकायहरुका अनुसार सलहले युनानका नौ वटा जिल्लामा बालीमा व्यापक क्षति गरेका छन् । मौसफ सफा भएको र तापमान अनुकूल भएसँगै सलहको बथान तिब्र गतिमा सक्रिय भएका जनाइएको छ ।

गत जुन २८ मा युनानमा पहिलो पटक सलह देखिएको थियो । सलह नियन्त्रण गर्न ८० हजारभन्दा बढी मानिस परिचालित भएका छन् । स्थानीय अधिकारीहरुले सलह फैलिन नदिन ड्रोनमार्फत विषादी छर्कने क्रम जारी रहेको जानकारी दिएका छन् ।

विज्ञहरुको भनाईमा चीनमा सलह प्रवेशको क्रम विस्तारै घट्न थालेको छ, तर सलहको संख्या ठूलै भएकाले नियन्त्रणमा ल्याउन निकै कठिन रहेको बताइएको छ ।