नेपालमा कोरोना संक्रिमितको कूल संख्या २१,७५०

नेपालमा कोरोना संक्रिमितको कूल संख्या २१,७५०


पछिल्लो २४ घण्टामा नेपालमा थप ३६० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। बिहीबार (२२ साउन) स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफ्रिङका क्रममा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा २ सय ३३ जना कोरोना संक्रमित डिस्चार्ज भएको जानकारी दिए ।

यससँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या २१ हजार ७ सय ५० पुगेको छ ।

हाल देशभर ९ हजार ४ सय ७० क्वारेन्टिनमा रहेका छन् भने हालसम्म डिस्चार्ज हुनेको संख्या देशभरमा १५ हजार ३ सय ८९ पुगेको छ । यस्तै, पछिल्लो २४ घण्टामा ६ हजार ६ सय २२ जनाको पीसीआर परीक्षण गरिएको पनि प्रवक्ता गौतमले बताए ।

हाल देशभर सक्रिय संक्रमितको संख्या ६ हजार २ सय ९६ रहेको छ।

एकै दिन १६ सशस्त्र प्रहरीमा कोरोना सङ्क्रमण

यसैबीच इलाममा एकै दिन १६ जना सशस्त्र प्रहरीमा कोरोना सङ्क्रमण फेला परेको छ । यही साउन साउन १८ गते स्वाब लिइएका ४२ सशस्त्र प्रहरीमध्ये १६ जनाको रिपोर्ट पोजेटिभ आएको हो । सशस्त्र प्रहरी एक नम्बर गण बाहिनीमा कार्यरत सशस्त्रमा कोरोना सङ्क्रमण देखिएको हो ।

साउन १८ गते ४२ सशस्त्र र अन्य गरी ६८ जनाको स्वाब सङ्कलन गरेर पठाइएको थियो । हालसम्म यस गणमा जम्मा ४६ सशस्त्रमा कोरोना पुष्टि भइसकेको स्वास्थ्य कार्यालय इलामका कोरोना फोकल पर्सन विमल बरालले जानकारी र्दिएका छन् । बताइएअनुसार जिल्लामा हालसम्म दुई नेपाली सेना र एक प्रहरीमा समेत कोरोना पुष्टि भइसकेको छ भने अन्य गरी इलाममा कोरोना सङ्क्रमितको सङ्ख्या ७६ पुगेको छ ।

त्यस्तै १५ गते नै इलामको रोङ गाउँपालिकाबाट समेत १५४ जनाको स्वाब सङ्कलन गरेर पठाइएकामा सबैको रिपोर्ट नेगेटिभ आएको छ । क्वारेन्टिनमा बसेका, गाउँपालिकाका जनप्रतिनिधि, कर्मचारी र स्थानीयवासीको रिपोर्ट नेगेटिभ आएको हो ।