चीनको परराष्ट्र मन्त्रालयले हङकङमा समस्या उत्पन्न गर्ने खालका शङ्कास्पद गतिविधि गरेको आरोपमा ११ जना अमेरिकीलाई प्रतिबन्ध लगाउने घोषणा गरेको छ ।
हालै अमेरिकाले चीनको केन्द्रीय सरकारी विभागहरू तथा हङकङ विशेष प्रशासनिक सरकारी पदाधिकारीलगायत ११ जनामाथि प्रतिबन्ध लगाउने घोषणाको जवाफी कदमस्वरूप चीनले ती अमेरिकी अधिकारीमाथि प्रतिबनधको घोषणा गरेको हो ।
चीनको सार्वभौमसत्ता, हित तथा गौरवको दृढ संरक्षण गर्ने त्यहाँको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
प्रतिबन्ध नामावलीमा समेटिएकाहरूमध्ये अमेरिकी सांसद, केही अमेरिकी गैरसरकारी संगठनका जिम्मेवार व्यक्ति रहेका बताइएको छ । उनीहरूले लामो समयदेखि हङकङ मामिलामा हस्तक्षेप गर्न खोजिरहेको साथै एक देश दुई व्यवस्थालाई बङ्ग्याउँदै आएको दावी चीनले गरेको छ । प्रतिबन्धितमध्ये एक अमेरिकी संघीय सांसद मार्को रूबिओ हुन् ।
चीनले चालेका जवाफी कदम अन्तर्राष्ट्रिय सम्बन्ध प्रजातान्त्रीकरणको संरक्षण गर्ने न्यायोचित कदम पनि भएको बताएको छ । यस्तो कदम देशको सार्वभौमसत्ता तथा गौरवको संरक्षण हो र अन्तर्राष्ट्रिय सम्बन्धसम्बन्धी मापदण्डको पालना गर्नु पनि हो ।
प्रतिक्रिया