कोरोनाका कारण न्युजिल्याण्डको निर्वाचन अनिश्चित

कोरोनाका कारण न्युजिल्याण्डको निर्वाचन अनिश्चित


न्युजिल्याण्डमा कोरोना भाइरसको प्रकोपको त्रासका कारण निर्वाचन अनिश्चत बनेको छ । न्युजिल्याण्डमा प्रधानमन्त्रीलाई निर्वाचनका कारणले अप्ठेरो परेको बताइएको छ । यसअघि न्युजिल्याण्डमा पनि कोरोना भाइरसको प्रकोप रहेकोमा हाल भने प्रकोप रहेको छैन ।

तर, यहाँ कोरोना भाइरसको अर्काे वेभ आउन सक्ने भएकोले गर्दा आगामी संसदीय निर्वाचन हुने भनिएकोमा त्यसको त्रास रहेको एएफपीले जनाएको छ ।

यहाँका स्वास्थ्य अधिकारीले केही दिनमै लकडाउन गर्नुपर्ने सुझाव दिएका थिए । सो सुझावअनुसार सरकारले लकडाउन गर्नसक्ने अनुमान पनि गरिएको छ । सोही कारण यहाँको आम निर्वाचन पनि नहुने हो कि भन्ने त्रास बढेको बताइएको छ ।

न्युजिल्याण्डका प्रधानमन्त्री जासिन्डा आर्डरिनले लकडाउन गर्नु पर्ने या नपर्ने भन्ने विषयमा यहाँका स्वास्थ्य अधिकारीसँग भेट तथा परामर्श गरिरहेकी छन् । यहाँका लाखौँ नागरिक होम स्टेमा बस्नुपर्ने अवस्था पनि हुनसक्ने अनुमान गरिएकोले गर्दा प्रधानमन्त्री जासिन्डाले यस विषयमा स्वास्थ्य अधिकारीसँग परामर्श गरिरहेकी बताइएको छ ।

यहाँ आगामी सेप्टेम्बर महिनाको १९ तारिखमा संसदको निर्वाचन हुने तय भएको थियो । तर सो निर्वाचन केही समय पर सार्नु पर्ने बारेमा प्रधानमन्त्रीले छलफल थालेकी हुुन् ।

न्युजिल्याण्डको संसद्को म्याद बुधबार सकिएको छ । यसअगावै सेप्टेम्बरका लागि निर्वाचन तोकिएको थियो ।