भारतका पूर्वराष्ट्रपति प्रणव मुखर्जीको स्वास्थ्य अवस्था चिन्ताजनक भएको बताइएको छ ।
मष्तिष्कको आकस्मिक शल्यक्रियापछि उनको अवस्था गम्भीर भएको र हाल भेन्टिलेटरमा राखिएको मुखर्जीलाई भर्ना गरिएको सैनिक अस्पतालले बुधबार (१२ अगष्ट) जानकारी गराएको छ ।
हाल मुखर्जीको ‘हेमोडाइनमिकली’ स्थिर भएको र ‘उहाँ भेन्टिलेटरमा हुनुहुन्छ’ भनी आर्मी अस्पतालले जानकारी दिएको एएनआईले जनाएको छ ।
पूर्वराष्ट्रपति मुखर्जीको मस्तिष्कमा क्लट जमेको कारण गत १० अगस्तमा आपतकालीन शल्यक्रिया गरिएको थियो । तर कुनै सुधार नदेखिएको बताइएको छ ।
गत सोमबार ८४ वर्षीय मुखर्जीले आफूलाई कोरोना भाइरस सङ्क्रमण भएको ट्वीटरमार्फत बताएका थिए । केही दिनयता आफूसँग सम्पर्कमा आएका व्यक्तिलाई कोरोना परीक्षण गराउन र अलग्ग बस्नको लागिसमेत मुखर्जीले आग्रह गरेका थिए ।
प्रतिक्रिया