डोनाल्ड ट्रम्पका भाइको निधन

डोनाल्ड ट्रम्पका भाइको निधन


अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका भाइ रबर्ट ट्रम्पको न्युयोर्कको एक अस्पतालमा मृत्यु भएको छ ।

गत शुक्रबार न्युयोर्कस्थित कोर्नेल मेडिकल सेन्टरमा उपचारका लागि भर्ना गरिएका ७२ वर्षीय रबर्ट राष्ट्रपति ट्रम्पभन्दा दुई वर्ष कम उमेरका थिए । उपचाररत भाइलाई भेट्न राष्ट्रपति ट्रम्प शनिबार अस्पताल पुगेका थिए ।

रियल स्टेट कारोबारी भाइको मृत्युपछि राष्ट्रपति ट्रम्पले शोक वक्तव्य दिँदै भनेका छन्– ‘अत्यन्त गह्रौँ मनले म यो जानकारी गराइरहेको छु कि मेरा सुयोग्य भाइ रबर्ट ट्रम्पले गएराति अन्तिम सास लिए । उनी मेरा भाइ मात्र नभइ मेरा सबभन्दा राम्रो मित्र पनि थिए । उनको कमीको मलाई हरदम महसुस भइरहने छ, तर .. हामी फेरि भेटिनेछौँ । भाइको याद हमेसा मेरो हृदयमा रहने छ । रबर्ट.. म तिमीलाई प्रेम गर्दछु । रेस्ट इन पिस !’

Photo courtesy:BBC