जापानका प्रधानमन्त्री आवे अस्पताल भर्ना

जापानका प्रधानमन्त्री आवे अस्पताल भर्ना


जापानका प्रधानमन्त्री सिन्जे आवे अस्पताल भर्ना भएका छन् ।

प्रधानमन्त्री आवे स्वास्थ्य परीक्षणका लागि अस्पताल भर्ना भएका प्रधानमन्त्री कार्यालयका अधिकारीहरुले जानकारी दिएका छन् ।

पूर्वअर्थमन्त्री अकिरा अमारीले एउटा टिभी कार्यक्रममा प्रधानमन्त्रीलाई आरामको आवश्यकता भएको बताएको भोलिपल्ट उनी अस्पताल गएका बताइएको छ ।

क्योदो समाचार संस्थाले प्रधानमन्त्री राजधानी टोकियोस्थित केइओ विश्वविद्यालय अस्पतालमा भर्ना भएका जनाएको छ ।

प्रधानमन्त्री आवेलाई तत्काल ख्याल नगरेमा पछि अरु ठूला समस्याहरू आउन सक्ने चेतावनी दिइएको थियो । तर उनकै कतिपय सहयोगी तथा मन्त्रीपरिषद्का सहयात्रीहरुले भने प्रधानमन्त्री आवेले राम्रोसँग काम गरिरहेकाले स्वास्थ्यमा समस्या भएजस्तो नभएको उल्लेख गरेका छन् ।

‘उहाँले राम्रो काम गरिरहनु भएको छ, त्यसमा कुनै समस्या भएजस्तो लाग्दैन,’ सरकारको मन्त्रीपरिषद्का मुख्य सचिव योशिहिड सुगाले भनेका छन् ।