फिलिपिन्समा ६.६ म्याग्नीच्यूडको भूकम्प, घरहरुमा क्षति

फिलिपिन्समा ६.६ म्याग्नीच्यूडको भूकम्प, घरहरुमा क्षति


मध्य फिलिपिन्समा मंगलबार शक्तिशाली भूकम्प गएको छ । भूकम्पबाट घरहरुमा क्षति पुगेको र मानिसहरु सुरक्षाका लागि भन्दै घरबाहिर निस्किएका छन् ।

फिलिपिनी भूकम्प मापन केन्द्रलाई उद्धृत गर्दै एपीले जनाएअनुसार उक्त भूकम्प करिब ६.६ म्याग्नीच्यूडको रहेको र जमिनको सतहबाट करिब २१ किलोमिटर गहिराईमा आएको उक्त भूकम्पको केन्द्रविन्दु काटाइगान तटीय क्षेत्रनजिक रहेको थियो ।

उक्त भूकम्पको धक्का मध्य भिसायास क्षेत्रका विभिन्न प्रान्तमा अनुभव गरिएको बताइएको छ ।

ज्ञातव्य छ, प्रशान्त महासागरीय राष्ट्र फिलिपिन्स भूकम्पीय जोखिममा रहँदै आएको छ । सन् १९९० मा उत्तर फिलिपिन्समा आएको शक्तिशाली ७.७ म्याग्नीच्यूडको भूकम्पबाट झण्डै दुई हजार व्यक्तिको ज्यान गएको थियो ।