कोरोना भाइरसबाट विश्वमै ज्यादा प्रताडितमध्ये दोस्रो नम्बरमा रहेको ब्राजिलमा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या मंगलबार (१८ अगस्ट) ३३ लाख ५९ हजार ५७० पुगेको छ ।
ब्राजिलमा विगत महिनाहरूको तुलनामा दैनिक कोभिड–१९ सङ्क्रमित तथा मृतकको सङ्ख्यामा कमी आएको भए पनि अझै नियन्त्रणमा आउन नसकेको त्यहाँको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
ब्राजिलमा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या आइतबार २३ हजार रहेकोमा सोमबार १९ हजारमा झरेको थियो । केही हप्ता अगाडिसम्म सङ्क्रमितको सङ्ख्या भने सोमबारको तुलनामा करिब तीन गुणाले बढी रहेको थियो ।
विश्व स्वास्थ्य संगठनका अनुसार ब्राजिलमा गत २४ घण्टामा कोभिड–१९ सङ्क्रमणका कारण मृत्यु हुनेको सङ्ख्या ६२० थपिएको र मृतक संख्या अहिलेसम्म कूल एक लाख आठ हजार ५३६ पुगेको छ भने त्यहाँ अझै नौ लाख मानिस सङ्क्रमित रहेका छन् ।
कोरोना भाइरसका कारण विश्वभर दुई करोड १० लाख ५० हजारभन्दा माथि रहेको छ, सात लाख ६७ हजारभन्दा बढीको मृत्यु भएको छ ।
ज्ञातव्य छ, विश्वमा अमेरिकापछि बढी सङ्क्रमित रहेको देश ब्राजिल हो भने क्रमशः भारत, रूस तथा दक्षिण अफ्रिका सङ्क्रमणका हिसाबले बढी प्रभावित मुलुक हुन् । यद्यपि मृत्यु सङ्ख्या भने रूस र दक्षिण अफ्रिकामा भन्दा भारतमा बढी रहेको छ ।
मृत्यु सङख्याका हिसाबले बेलायत, इटली, फ्रान्स र स्पेन बढी प्रभावित मानिन्छन् ।
प्रतिक्रिया