‘व्ल्याक प्यान्थर’बाट चर्चित अभिनेता बोसम्यानको ४३ वर्षमै निधन

‘व्ल्याक प्यान्थर’बाट चर्चित अभिनेता बोसम्यानको ४३ वर्षमै निधन


अमेरिकी अश्वेत चर्चित अभिनेता चाडविक बोसम्यानको युवा अवस्थामै निधन भएको छ ।

क्यान्सरसँग लामो समयदेखि जुध्दै आएका बोसम्यानको शुक्रबार ४३ वर्षको उमेरमा लस एन्जेलसस्थित आफ्नै निवासमा निधन भएको हो ।

ब्ल्याक प्यान्थर नामक चलचित्रबाट विश्वविख्यात भएका बोसम्यानले अरु धेरै चर्चित चलचित्रमा अभिनय गरेका छन् ।

उनको परिवारजनलाई उद्धृत गर्दै एपीले जनाएअनुसार बोसम्यानलाई विगत चार वर्षदेखि आन्द्रामा क्यान्सर भएको पुष्टि गरिएको थियो ।

दक्षिण क्यारोलिनामा जन्मिएका बोसम्यानको निधनको खबर सुनेर उनका समर्थकहरुले विश्वभरबाट उनप्रति श्रद्धान्जली व्यक्त गरेका छन् ।