एनओसीको वेबसाइडमा कसले चढायो ‘नक्कली’ कोषाध्यक्षको नाम ?

एनओसीको वेबसाइडमा कसले चढायो ‘नक्कली’ कोषाध्यक्षको नाम ?


नेपाल ओलम्पिक कमिटीको आधिकारिक वेबसाइडमा नेपाल बक्सिङ संघको कोषाध्यक्षको नाम फरक राखिएको छ । निर्वाचित बक्सिङ संघको कोषाध्यक्षको नाम हटाएर कुनै नक्कली व्यक्तिको नाम ओलम्पिक कमिटीको वेबसाइडमा कसरी राखियो त्यो चर्चाको विषय बनेको छ ।

नेपाल बक्सिङ संघको निर्वाचित कोषाध्यक्ष गौतम सुजखु हुन् । तर ओलम्पिक कमिटीको वेबसाइडमा सुजखुको नाम हटाएर प्रनिर अधिकारीको नाम राखिएको छ । ओलम्पिक कमिटी जस्तो अन्तर्राष्ट्रिय समन्वय गर्ने संस्थाको वेबसाइडमा यस्तो गम्भीर त्रुटी कसरी भयो भन्दै यसमा षडयन्त्रको गन्ध आएको सम्बद्ध क्षेत्रका व्यक्तिहरूले आशङ्का गर्न थालेका छन् ।

बताइएअनुसार नेपाल बक्सिङ संघका अध्यक्ष राम अवालेले नै कोषाध्यक्षमा जानजान अधिकारीको नाम राख्न लगाएक हुन् । अध्यक्ष अवाले नेपाल ओलम्पिक कमिटीका सदस्य पनि हुन् । लामो समयदेखि अध्यक्ष अवाले र कोषाध्यक्ष सुजखुको मतभिन्नताका कारण अवालेले सुजखुको नाम हटाएर अधिकारीको नाम ओलम्पिक कमिटीको वेबसाइडमा राख्न लगाएको सुत्रको दाबी छ ।

ओलम्पिक कमिटीले आफ्नो आधिकारिक वेबसाइडमा अधिकारीको नाम राखे पनि राष्ट्रिय खेलकुद परिषदले लगतमा भने नेपाल बक्सिङ संघको कोषाध्यक्ष गौतम सुजखुको नाम नै उल्लेख छ । किनकि सुजखु बक्सिङ संघको निर्वाचित कोषाध्यक्ष हुन् । सुजखुले अहिलेसम्म आफ्नो पदबाट राजीनामा पनि नदिएकाले उनी नै कोषाध्यक्ष भएको प्रमाणीत हुन्छ ।

ओलम्पिक कमिटीले आफ्नो वेवसाइडमा बक्सिङ संघको कोषाध्यक्षमा अधिकारीको नाम राखेपछि अहिले विवाद उत्पन्न भएको छ । ओलम्पिक कमिटीको उक्त कार्यले निर्वाचित कोषाध्यक्षमाथि अन्याय भएको छ । जसले गर्दा बक्सिङ संघको कोषाध्यक्ष को हो ? भ्रम सिर्जना गरिदिएको छ ।

कसको इसारामा ओलम्पिक कमिटीले यस्तो गैरजिम्मेवारी कार्य गऱ्यो त्यो अहिले खोजीको विषय बनेको छ । साथै सम्बन्धित निकाय राखेपले यस्तो गैरकानुनी कार्य हुँदासमेत किन मौनता साँधेको छ, त्यो बुझ्न सकिएको छैन । नेपाल बक्सिङ संघका अध्यक्ष अवाले गैरकानुनी कार्य गर्दा समेत किन कारवाही गर्न सकेको छैन, राखेपसमेत प्रश्नको घेरामा परेको छ ।