मुम्बई र दिल्लीबीच मंगलबार आइपीएलको फाइनल भीडन्त

मुम्बई र दिल्लीबीच मंगलबार आइपीएलको फाइनल भीडन्त


इन्डियन प्रिमियर लिग (आइपीएल)को १३औँ संस्करणको फाइनल भीडन्त मुम्बई इन्डियन र दिल्ली क्यापिटल्सबीच हुने भएको छ ।

फाइनलको छनोट खेलमा दिल्लीले सनराइजर्स हैदराबादलाई पराजित गरेपछि फाइनलमा मुम्बईसँगको भीडन्त पक्का गरेको हो । दिल्ली आइपीएलको फाइनलमा पुगेको पहिलो पटक हो । आइपीएलको फाइनल खेल कार्तिक २५ गते मंगलबार हुनेछ ।

फाइनलको लागि भएको छनोट खेलमा टस जितेर पहिलो ब्याटिङ रोजेको दिल्लीले निर्धारित २० ओभरमा १ सय ८९ रन बनाएको थियो । दिल्लीका लागि ओपनर शिखर धवन र मार्कस् स्टोइनिस दिल्लीलाई राम्रो शुरुवात दिलाए । उनीहरूले पहिलो विकेटको लागि ८६ रनको साझेदारी गरेका थिए । त्यस्तै यो संस्करणमा दुई पटक सतक प्रहार गरिसकेका शिखर धवनले उत्कृष्ट व्याटिङ गर्दै ५० बलमा ७८ रनको पारी खेलेका थिए ।

पछिल्ला पाँच खेलमा उत्कृष्ट प्रदर्शन गर्दै आएको हैदराबादको शुभारम्भ राम्रो हुन सकेन । कप्तान डेविट वार्नर दोश्रो ओवरमै पेवेलियन फर्के । यसपछि दवावमा परेको हैदराबादले लगातार विकेट गुमाउन पुग्यो । एक समय ४३ रनमा ३ विकेट गुमाएर नाजुक अवस्थामा पुगेको हैदरवादलाई केन विलियमसनको उत्कृष्ट पारीले उकासेको थियो । विलियमसनले ६७ रनको बनाए पनि हैदरवादलाई जिताउन सकेनन् । यसरी हैदरावाद निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १ सय ७२ रनमा समेटियो । दिल्ली १७ रनले जित्दै फाइनलमा प्रवेश गऱ्यो ।

आइपीएलको फाइनल खेल चार पटकको विजेता मुम्बई इन्डियन्स र पहिलो पटक फाइनलको यात्रा तय गरेको दिल्ली क्यापिटल्सबीच हुनेछ । लिग चरणमा पहिलो र दोश्रो हुँदै छनोटमा परेका भएका यी दुवै टीम विच नै फाइनल खेल हुने भएको छ । फाइनलको लागि भएको पहिलो क्वालिफायर खेलमा मुम्बईले दिल्लीलाई ठूलो अन्तरले पराजित गरेको थियो । अब भोलि (कार्तिक २५ गते मंगलबार) हुने फाइनलमा खेलमा कसले बाजी मार्ला त्यो प्रतीक्षाको विषय बनेको छ ।