शारजाहमा संचालन भैरहेको महिला टी-२० च्यालेञ्ज क्रिकेट प्रतियोगिताको फाइनल खेल आज (कार्तिक २४ गते) हुँदैछ । फाइनल खेल डेफेन्डिङ च्याम्पियन सुपरनोवाज र ट्रेलब्लेजर्सबीच हुँदैछ ।
तीन वटा टीमको सहभागिता रहेको यस च्याम्पियनसिपमा तीनै टीमले एक–एक खेल जिते पनि रन रेटको आधारमा बेलोसीटी बाहिरिएकोे हो । लिग चरणको खेलमा बेलोसीटी ट्रेलब्लेजर्ससँग लज्जाजनक रुपमा पराजित भएको थियो । बेलोसीटी मात्र ४६ रनमा समेटिएको थियो ।
सुपरनोवाजकि कप्तान हरमनप्रीत र ट्रेलब्लेजर्सकी कप्तान स्मृति मंधानाको टीमबीच हुने फाइनल खेल निकै रोमाञ्चक हुने अनुमान गरिएको छ । लिग चरणको तेस्रो खेलमा मात्र ३ रनले पराजित ट्रेलब्लेजर्सले फाइनलमा उत्कृष्ट प्रदर्शन गर्ने विश्वास गरिएको छ ।
प्रतियोगितामा भारत, श्रीलंका, अष्ट्रेलिया, दक्षिण अफ्रिका, वष्टइन्डिज, न्यूजील्यान्ड र इङ्गल्याण्डका खेलाडीहरूको सहभागिता जनाइरहेका छन् ।

प्रतिक्रिया