ट्रेलब्लेजर्स विजयी, सुपरनोजवाज ह्याट्रिक गर्नबाट चुक्यो

ट्रेलब्लेजर्स विजयी, सुपरनोजवाज ह्याट्रिक गर्नबाट चुक्यो


महिला टी–२० च्यालेञ्ज क्रिकेटको फाइनलमा स्मृति मन्धानाको ट्रेलब्लेजर्सले विजय हासिल गरेको छ । ट्रेलब्लेजर्सले फाइनलमा हरमनप्रीत कौरको सुपरनोवाजलाई १६ रनले पराजित गर्दै पहिलो पटक च्याम्पियन बनेको हो । यसभन्दाअघि सन् २०१८ र २०१९ को उपाधि सुपरनोवाजले जितेको थियो ।

फाइनल खेलमा पहिले व्याटिङ गर्दै ट्रेलब्लेजर्सले निर्धारित २० ओभरमा १ सय १८ रन बनाएको थियो । जसमा कप्तान स्मृति मन्धानाले ४९ बलमा ६८ रन बनाएकी थिइन् । उनले आफ्नो उत्कृष्ट पारीमा पाँच चौका र ३ छक्का प्रहार गरेकी थिइन् । सुपरनोजको तर्फबाट राधा यादवले ५ विकेट लिएकी थिइन् ।

१ सय १९ रनको विजयको लक्ष्य लिएर मैदान उत्रिएको सुपरनोज निर्धारित २० ओभरमा सात विकेट गुमाउँदै १ सय २ रनमै समेटियो । कप्तान हरमनप्रीतले सर्वाधिक ३० रन बनाए पनि उनले आफ्नो टीमलाई विजयी बनाउन सकिनन् । ट्रेलब्लेजर्सको तर्फबाट वंगलादेशकी खेलाडी सलमा खातुनले ३ विकेट लिएकी थिइन् ।