अन्तर्राष्ट्रिय निर्णायकमा लामा र थापा

अन्तर्राष्ट्रिय निर्णायकमा लामा र थापा



नेपालका अन्तर्राष्ट्रिय निर्णायकद्वय नोर्बु लामा र हिराबहादुर थापाले २०२० वर्ल्ड तेक्वान्दो एसिया अनलाइन पुम्से च्याम्पियनसिपमा निर्णायकको भूमिका निर्वाह गर्ने भएका छन् ।

प्रतियोगिताका लागि एसियाली तेक्वान्दो युनियनले उनीहरुलाई निर्णायकमा छनोट गरेको बताइएको छ ।

लामा दोश्रो तथा थापा तेश्रो श्रेणीका निर्णायक हुन् । लामाले यसअघि भएको २०२० वर्ल्ड तेक्वान्दो एसिया अनलाइन ओपन पुम्से च्याम्पियनसिपमा पनि निर्णायकको भूमिका निर्वाह गरेका थिए ।