सन्दीप लामिछाने कोरोनासंक्रमणबाट मुक्त

सन्दीप लामिछाने कोरोनासंक्रमणबाट मुक्त



नेपाली राष्ट्रिय क्रिकेट टोलीका लेग स्पिनर सन्दीप लामिछाने कोरोना भाइरसको सङ्क्रमणबाट मुक्त भएका छन् । आफू कोरोनाबाट मुक्त भएको उनले सामाजिक सञ्जालमार्फत जानकारी गराएका छन् ।

राष्ट्रिय टोलीको बन्द प्रशिक्षणमा सहभागी हुने तयारीमा रहेका लामिछाने कोरोनाबाट सङ्क्रमित भएका थिए । पिसिआर रिपोर्ट पोजेटिभ आएसँगै उनी सेल्फ आइसोलेशनमा बसेका थिए । आइतबार श्वासप्रश्वासमा समस्या देखिएपछि लामिछानेलाई ह्याम्स अस्पताल भर्ना गरिएको थियो ।

केही दिनको आरामपछि सन्दीप बिग ब्यास लिग खेल्न अष्ट्रेलिया जाने छन् । अष्ट्रेलियामा यही डिसेम्बर तेस्रो सातादेखि बिग ब्यास लिग शुरु हुँदैछ । उनी तेस्रोपटक बिग ब्यास लिग खेल्ने तयारीमा छन् । यसपटक लामिछानेले होबार्ट हुरिकेन्सबाट बिग ब्यास खेल्दै छन् ।।