फुटबल खेलाडी विमल घर्तिमगर गम्भीर घाइते

फुटबल खेलाडी विमल घर्तिमगर गम्भीर घाइते


नेपाली राष्ट्रिय फुटबल टोलीका फरवार्ड विमल घर्तिमगर गम्भीर घाइते भएका छन् । राष्ट्रिय टोलीको बन्द प्रशिक्षणका क्रममा ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा उनको घुँडामा चोट लागेको हो ।

अखिल नेपाल फुटबल सङ्घ (एन्फा)का प्रवक्ता किरण राईका अनुसार विमलको ‘लिगामेन्ट’ च्यातिएको छ । उनको शल्यक्रिया गर्नुपर्ने चिकित्सकले बताएका छन् । शल्यक्रियापछि मात्र खेलबाट के-कति समय वञ्चित हुनुपर्ने हो थाहा हुने बताइएको छ ।

यसअघि विश्वकप छनोटको क्रममा बिमल तीन महिना अनुशासनको कारबाहीमा परेका थिए । उनी लामो समयको पखाइपछि बन्द प्रशिक्षणमा फर्किएका हुन् । पछिल्लो समय विमल मछिन्द्र क्लबमा आबद्ध छन् ।