स्मिथ र कोहली जिते सर्वश्रेष्ठ खेलाडीको उपाधि

स्मिथ र कोहली जिते सर्वश्रेष्ठ खेलाडीको उपाधि


अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी)ले विगत दस वर्षमा अन्तर्राष्ट्रिय क्रिकेटमा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीलाई पुरस्कृत गरेको छ । आइसीसीले टेष्ट, एकदिवसीय र टी-२० क्रिकेटमा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडी पुरस्कृत गरेको हो ।

टेष्ट क्रिकेटतर्फ दशकको सर्वश्रेष्ठ खेलाडीको पुरस्कार अष्ट्रेलियाका स्टीव स्मिथले पाएका छन् । स्टीवले सो दस वर्षको अवधिमा ६५.७९ को औसतले ७ हजार ४० रन बनाएका थिए । जसमा २६ शतक २८ अर्धसतक समेत प्रहार गरेका थिए ।

त्यस्तै एकदिवसियतर्फ भारतीय क्रिकेट टीमका कप्तान विराट कोहलीले सर्वश्रेष्ठ खेलाडीको पुरस्कार जितेका छन् । विराटले विगत एक दशकमा अन्तर्राष्ट्रिय एकदिवसीय क्रिकेटमा १० हजारभन्दा बढी रन बनाएका थिए । त्यसमा उनले ६१.८३ को औसतमा ३९ सतक र ४८ अर्धसतक प्रहार गरेका थिए ।

यसैगरी टी-२० क्रिकेटको सर्वश्रेष्ठ खेलाडी (पुरुष)को उपाधि अफगानिस्तानका लेग स्पिनर राशिद खानले जितेका छन् । राशिदले ४८ टी-२० अन्तर्राष्ट्रिय क्रिकेटमा ८९ विकेट लिएका थिए । राशिदले अन्तर्राष्ट्रिय क्रिकेटमा ३ रन दिएर ५ विकेट लिएका थिए । उनले तीन पटक ४ विकेट र २ पटक पाँच विकेट लिन सफल भएका थिए ।

त्यस्तै अष्ट्रेलियाकि एलिस पेरीले दसककि सर्वश्रेष्ठ खेलाडीको पुरस्कार जितेकि छिन् । उनलाई एकदिवसिय क्रिकेट तर्फ यो पुरस्कार प्रदान गरिएको हो ।

यसैगरि भारतीय क्रिकेट टीमका पूर्व कप्तान महेन्द्र सिंह धोनी दसकको भावना क्रिकेट पुरस्कारवाट सम्मानित भएका छन् । धोनीले सन २०११मा नर्टिङ्घम टेष्टमा अकल्पनियरुपमा रन आउट भएका इयान बेललाई पुुनः खेल्नको लागि बोलाएको घटनालाई मध्यनजर राख्दै आइसीसीले धोनीलाई सर्वसम्मतिबाट चुनेको हो ।