सुरेश र अनिशाले जिते क्रस दुवाथलन

सुरेश र अनिशाले जिते क्रस दुवाथलन



नेपाल ट्राइयाथलन संघको आयोजना तथा जम्प नेशनको सहकार्यमा आयोजित क्रस दुवाथलन सिरिजमा पुरुषतर्फ सुरेश भुजेल र महिलातर्फ अनिशा गुरुङले प्रथम स्थान हात पारेका छन् ।

नेपालको सवैभन्दा पुराने ऐतिहासिक चाकुको शहरको रुपमा चिनिने टोखामा आयोजित सिरिजको पहिलो प्रतिस्पर्धामा ३५ः४० मिनेटका साथ भुजेल र ४३ः५४ मिनटका साथ अनिशा पहिलो भएका हुन् ।

सिरिजका बिजयी पुरुष खेलाडीले जिम्बु थकालीको तर्फबाट २ हजार बराबरको भौचर र प्याङ्क बाईकको तर्फबाट २ हजार बराबरको फ्रि सर्भिसिङ तथा महिला बिजयी खेलाडीले काठमाण्डौ गेष्ट हाउसको तर्फबाट २ हजार बराबरको भौचर र प्याङ्क बाइकको तर्फबाट २ हजार बराबरको फ्रि सर्भिसिङ प्राप्त गरे ।

टोखा सहरको गणेश स्थान देखि चण्डेश्वरीसम्म २.५ कि.मि. दौड, १० कि.मि. साइक्लिङ र १.५ कि.मि. दौडको क्रस दुवाथलनको विजयी खेलाडीहरूलाई प्रमुख अथिति टोखा नगरपालिका वडा नं. २ का अध्यक्ष दीपकराज जोशीले पुरस्कार तथा प्रमाणपत्र वितरण गरे ।

सिरिजमा पुरुषतर्फ प्रेम सिंह मोया ३७ः०८ मिनट समयका साथ दोश्रो र आइतसिंह तामाङ ३७ः१३ मिनटका साथ तेश्रो भए । यस्तै महिला तर्फ ४८ः४३ समयका साथ सुधा राई र ५२ः३४ मिनटका साथ युश्का महर्जन दोश्रो र तेश्रो भए । दोश्रो हुने खेलाडीहरूले क्याफेसिनोको तर्फबाट ५ सय बराबरको भौचर र प्याङ्क बाईकको १५ सय बराबरको साईकल मर्मत भौचर तथा तेश्रो हुने खेलाडीले प्यान बाईकको तर्फबाट १ हजार बराबरको साईकल मर्मतको भौचर प्राप्त गरे ।

खेलाडीहरूलाई पुरस्कार वितरण गर्दै प्रमुख अतिथि टोखा नगरपालिका वडा नं. २ का अध्यक्ष दीपकराज जोशीले ऐतिहासिक सहर टोखालाई महत्व दिएर प्रतियोगिता आयोजना गरेकोमा नेपाल ट्राईयाथलन संघलाई धन्यवाद दिए ।

नयाँ खेलाडी उत्पादन गर्ने, स्थानिय स्तरमा खेल प्रति जागरण गर्दै स्थानिय खेलाडी उत्पादनका साथै रोग प्रतिरोधात्मक क्षमता बृद्धि गर्ने उद्देश्यले आजोजन गरिएको सिरिजमा ट्राईयाथलनसँग आवद्ध खेलाडीहरू भन्दा नयाँ खेलाडीहरूलाई प्रार्थमिकता दिइएको थियो । प्रत्येक दुई दुई हप्ता चार महिना सम्म आयोजना हुने सिरिजको दोश्रो संस्करण माघ १० गते कीर्तिपुरमा आयोजना हुने छ ।

त्यस्तै नेपाल ट्राइयाथलन सङ्घ र जम्प नेशनबीच सहकार्य गर्ने सम्झौता भएको छ । पहिलो चरणमा एक बर्षको लागि भएको सम्झौतामा संघले आयोजना गरेको सिरिज र अन्य च्याम्पियनसीप तथा प्रतियोगिताहरूमा इभेन्ट म्यानेजमेन्ट सम्वन्धि सम्पूर्ण कार्य जम्प नेशनले गर्ने गरि सम्झौता भएको हो । नेपाल ट्राईयाथलन संघका अध्यक्ष निलेन्द्र राज श्रेष्ठ र जम्प नेशनका प्रतिनिधि आशिष कुलले सम्झौता पत्र आदान प्रदान गरे ।

जम्प नेशन शारीरिक, मानसिक, भावनात्मक र आत्मियका साथ स्वस्थ समूदाय निर्माण गर्ने उद्देश्यका साथ स्थापित संस्था हो । खेलजीवन मार्फत राष्ट्रको उत्थान गर्ने यसको मुख्य उद्देश्य रहेको छ ।