सर्वोच्च कमान्डर गणेशमान सिंहको स्मृतिलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलकुद क्षेत्रमा परिचित गराउन वीर गणेशमान सिंह स्पोर्ट्स कमिटी गठन भएको छ । उक्त कमिटीले गणेशमान सिंह फाउन्डेसन अन्तर्गतरहि खेलकुदका विभिन्न कार्यक्रमको आयोजना गर्नेछ ।
नवगठित समितिको संयोजकमा सन्जिव तुलाधर, सह–संयोजकमा सुनिल कुमार श्रेष्ठ, सचिवमा राजन खत्री रहेका छन् । कमिटीको सदस्यहरुमा शैलेश कर्माचार्य, दिवाकर घले, सन्जिव मिश्र, सरोज कुमार मुल्मी, अष्ट काभे, सुनिल महर्जन र गजराज खड्कालाई मनोनयन गरिएको छ । कमिटीको सल्लाहकारमा प्रभाषमान सिंह, श्रीराम लामिछाने र रुपक राजबंशी रहेका छन् ।
नवगठित कमिटीका पदाधिकारीलाई नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले एक कार्यक्रमका बीच मनोनयनपत्र प्रदान गरेका थिए । सो अवसरमा देशको समग्र खेलकुद विकासमा यो कमिटीको महत्वपूर्ण भुमिका रहने भन्दै सबैलाई समेटेर अगाडि बढ्न सिंहले आग्रह गरेका थिए ।
प्रतिक्रिया