डिविलियर्स बने सय करोड कमाउने विदेशी खेलाडी

डिविलियर्स बने सय करोड कमाउने विदेशी खेलाडी


दक्षिण अफ्रिकी खेलाडी एबी डिविलियर्स इन्डियन प्रिमियर लीग (आईपीएल) मा सय करोडभन्दा बढी कमाउने पहिलो विदेशी खेलाडी बनेका छन् । आईपीएलको १४औँ संस्करणमा पनि रोयल च्यालेञ्च बेङ्लोरले आफ्ना प्रमुख १० खेलाडीहरूमा डिविलियर्सलाई चयन गरेपछि उनले यो उपलब्धि हासिल गरेका हुन् । डिविलियर्स एउटा संस्करण खेलेको ११ करोड भारतीय रूपैयाँ लिने गरेका छन् । डिविलियर्सले अहिलेसम्म १०२.५ करोड कमाइसकेका छन् ।

डिविलियर्स आइपीएलको इतिहासमा सबैभन्दा सफल ब्याट्सम्यान हुन् । उनले आइपीएलमा १६९ वटा म्याच खेल्दै ४० भन्दा बढीको औसतले ४ हजार ८ सय ४९ रन बनाएका छन् । जसमा तीन सतक र ३८ अर्धसतक समेत रहेका छन् । यो बाहेक आईपीएलमा क्रिस गेलपछि दोश्रो सबैभन्दा बढी छक्का प्रहार गर्ने खेलाडीको नाम डिविलियर्सकै छ । डिविलियर्सले सन् २०२० को आईपीएलको संस्करणमा उत्कृष्ट प्रदर्शन गर्दै १५८.७४ को स्टाईक रेटका साथ ४ सय ४५ रन बनाएका थिए । आफ्नो टीमलाई अन्तिम चारमा पु¥याए पनि उपाधि जिताउन भने असफल भएका थिए ।

डिविलियर्स भन्दा अघि चारजना भारतीय खेलाडीले सय करोडभन्दा बढी कमाएका छन् । ती भारतीय खेलाडीहरूमा महेन्द्र सिंह धोनी, विराट कोहली, रोहित शर्मा र सुरेश रैना रहेका छन् ।