साइन्स र सेन्टरलाई फुटसल उपाधि

साइन्स र सेन्टरलाई फुटसल उपाधि



मास्टर्स इन स्पोर्ट्स साइन्स र सीडिसीले तेश्रो महिला तथा पुरुष अन्तरविभाग फुटसल प्रतियोगिताको उपाधि जितेका छन् । साइन्स पुरुष तथा सीडिसी महिलामा च्याम्पियन बनेका हुन् ।

मदन भण्डारी स्पोर्ट्स एकेडेमी, त्रिवि कमिटीको आयोजनामा कीर्तिपुरमा भएको पुरुष फाइनलमा साइन्सले फिजिक्सलाई २–० गोलले पराजित गर्‍यो । रुकेश श्रेष्ठ र कविचन्द्र राईले गोल गरे । रुकेश उत्कृष्ट खेलाडी घोषित भए । फिजिक्सका प्रवीण दाहाल उत्कृष्ट गोलरक्षक चुनिए ।

महिलाको उपाधि भिडन्तमा सीडिसीले सेन्टर डिपार्टमेन्ट जियोलोजीलाई टाइब्रेकरमा २–१ गोलले हरायो । विजयी टिमका लागि सिर्जना नेपाल र सुस्मा थापाले गोल गरे । सेन्टरबाट शरिमा श्रेष्ठले गोल फर्काइन् । दुवै समूहका विजेताले समान १५ हजार र उपविजेताले समान १० हजार नगद पुरस्कार पाए ।

प्रतियोगिता तीन दिनसम्म संचालन भएको थियो । विजेतालाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव रमेशकुमार सिलवाललगायतले पुरस्कृत गरे ।