वर्ल्ड टेनिस टुरमा बाह्र खेलाडी छनोट

वर्ल्ड टेनिस टुरमा बाह्र खेलाडी छनोट



नेपाल टेनिस संघको आयोजनामा हुने वर्ल्ड टेनिस टुर–जे ५ को पहिलो सर्किटको छनोट चरणका खेलबाट १२ खेलाडी छनोट भएका छन् ।

पहिलो सर्किटको ‘मेन ड्र’ का लागि समान ६–६ पुरुष/महिला खेलाडी छनोट भएको टेनिस संघका सदस्य एवं प्रतियोगिता निर्देशक अजय विष्टले जनाएका छन् ।

सातदोबाटोस्थित टेनिस कोर्टमा भएको छनोट प्रतिस्पर्धाबाट पुरुषमा चिराग तिम्सिना, निशान श्रेष्ठ, राघव हर्ष, रोनिन लोत्लीकर, अर्जुन प्रेम कुमार र मोनिल लोत्लीकर रहेका छन् ।

महिलामा खुशहाली मोदी, इशाश्री शाह, नाइशा श्रीवास्तव, मेखा मन्ना, अनिशा शिवकुमार र पवित्रा पारेख छन् । इशा, चिराग र निशान नेपालका हुन् भने बाँकी सबै खेलाडी भारतीय हुन् । सर्किट १ का खेल सातदोबाटोस्थित टेनिस कम्प्लेक्समा सुरु हुने छन् ।